कालिका लघुवित्तले माग्यो ६१ जना कर्मचारी, कुन पदमा कति ?

Advertisement

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले ६१ जना कर्मचारीका लागि दरखास्त खुलाएको छ । 

संस्थाले खुला प्रतिस्पर्धाबाट स्थायी पदपूर्ति गर्ने गरी दरखास्त खुलाएको हो ।

Advertisement

संस्थाले सुपरभाइजर पदमा १५, वरिष्ठ सहायकमा ७, सहायकमा १४ र कनिष्ठ सहायकमा २५ गरी कुल ६१ जना कर्मचारी आवश्यक परेको जनाएको छ ।

इच्छुक तथा योग्य व्यक्तिले आजदेखि साउन २३ गतेसम्म संस्थाको केन्द्रीय कार्यालय बुद्धचोक, पोखरा वा इमेल vacancy@[email protected] मार्फत आवेदन दिन सक्नेछन् । 

प्राप्त आवेदनमध्येबाट छनोटसूचीमा पर्नेहरूलाई मात्रै अन्तर्वार्तामा बोलाइने संस्थाले जनाएको छ । 

undefined

Advertisement