तीन सय २३ अंक उचालिएको शेयर बजारमा दोहोरो अंकको करेक्शन, सवा १६ अर्बको कारोबार

Advertisement

काठमाडौं । शेयर बजार लगातार ६ दिन बढेर आज भने उच्च अंकले करेक्शन भएको छ । बजार लगातार ३२३ अंक उचालिएर आज भने उच्च अंकले घटेको हो । 

अव आवका अन्तिम दिन अर्थात असार ३१ गतते सोमबार १७.१८ अंकले घटेर नेप्से २२४०.४१ अंकमा झरेको थियो । नयाँ आर्थिक वर्ष शुरु भएपछि ६ दिन बजार लगातार बढ्यो । हिजो मंगलबारसम्म आइपुग्दा नेप्से उचालिएर २५६३.४३ अंकमा पुगेको थियो । 

Advertisement

बजार साउन १ गते ७०.१८, २ गते ५४.०४, ३ गते बिहीबार ५९.६८, ६ गते ६१.६१, ७ गते २.१५ र हिजो ८ गते मंगलबार ७५.३३ अंकले उचालिएको थियो । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २७.३२ अंकले घटेको हो । १.०६ अंकले बजार तल झदा नेप्से २५३६.११ अंकमा ओर्लिएको छ । 

समग्रमा बजार घटे पनि वित्त र होटल समूह क्रमशः १.१६ र ०.१३ प्रतिशतले बढेका छन् । बाँकी अरु राताम्मे भए । 

undefined

आज ३११ कम्पनीका ४ करोड ७ लाख ४७ हजार २ सय २६ कित्ता शेयर किनबेच हूँदा १६ अर्ब २० करोड ८५ लाख ७७ हजार ३ सय १४.५३ रुपियाँ बराबरको कारोबार भएको हो । 

समग्रमा बजार घटे पनि विभिन्न ५ कम्पनीका शेयरधनीहरुले ९ प्रतिशत बढी नाफा कमाए । बोटलर्स नेपाल (तराई), एशियन हाइड्रो, चन्द्रागिरि हिल्स, समृद्धि फाइनान्स र आरम्भ चौतारी लघुवित्तका लगानीकर्ताहरुले क्रमशः १०, १०, ९.९७, ९.६५ र ९.१७ प्रतिशतले घाटा व्यहोरे । 

त्यस्तै चिरख्वा हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी ७.७९ प्रतिशतले घाटा व्यहोरे । 

आज हिमालयन रि–इन्स्योरेन्सको उच्च कारोबार भयो । उक्त कम्पनीको ३६ करोड ७ लाख ४६ हजार ४ सय ५२.३० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।  

साताको पहिलो दिन आइतबार बजार ६१.६१ अंकले बढ्दा १५ अर्ब २३ करोड ८२ लाख ७१ हजार २ सय ९०.९८ रुपियाँ, सोमबार २.१५ अंकले बजार बढ्दा १३ अर्ब ९१ करोड ५५ लाख ३५ हजार ४ सय ४०.९८ रुपियाँ र हिजो मंगलबार ७५.३३ अंकले बजार बढ्दा १४ अर्ब ११ करोड ६३ लाख ३० हजार ९ सय ९५.७६ रुपियाँ बराबरको कारोबार भएको थियो ।    
 

Advertisement

Advertisement