दशैंपछि शेयर बजारमा फर्कियो उत्साह, ३० अंकले नेप्से बढ्दा ३ अर्बको कारोबार

Advertisement

काठमाडौं । दशैंपछि लगत्तै मंगलबार खुलेको सेयर बजारमा उत्साह देखिएको छ । यसदिन नेप्से सूचक ३०.६ अंकले बढ्दै झण्डै २७ सयको विन्दु चुमेको हो ।

आज ३ अर्ब ६ करोड २३ लाख रुपैयाँ बराबरको ६४ लाख १७ हजार कित्ता दोस्रो बजारमा कारोबार भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले जनाएको छ । दशैंअघि असोज २३ गते नेप्से सूचक ४.८५ अंकले बढ्दै २६ सय ६८.१७ विन्दुमा अडिएरको थियो । करिब एक सातापछि खुलेको बजारमा पुनः उत्साह फर्र्किएको छ । 

Advertisement

आज २०५ कम्पनीको सेयर मूल्य बढ्दा दुईवटा कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । जानकी फाइनान्स कम्पनी र मिथिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समान १० प्रतिशतले बढेको छ भने मल्टिपर्पेज फाइनान्सको सेयर मूल्य ९.९२ प्रतिशतले बढेको छ ।

१३ वटा उपसूचक मध्ये आज म्यानु एण्ड प्रो बाहेक अरु सबै उपसूचक धनात्मक भएका छन् । 

Advertisement

Advertisement