टेस्ला भर्सेस बीवाईडी: सबै ब्राण्डलाई उछिन्दै बीवाईडी बन्यो चीनको ‘नम्बार वान ब्राण्ड’

Advertisement

काठमाडौं । न्यू इनर्जी भेहिकल (एनईभी) मा तीब्र छलाङ्ग मारेको चीनमा विद्युतीय सवारी बीवाईडी पहिलो नम्बर बन्न सफल भएको छ । एकैमहिना एक लाख ३३ हजार युनिट बढी सवारी साधन बिक्री गर्दै बीवाईडी चिनियाँ अटोमोबाइल इन्ड्रस्ट्रीको पहिलो ब्राण्ड बन्न सफल भएको हो । 

चाइना प्यासेन्जर कार एसोसिएसन (सीपीसीए) का अनुसार पछिल्लो सेप्टेम्बरमा मात्र चिनियाँ बजारमा ३ लाख ८६ हजार ७४९ युनिट न्यू इनर्जी भेहिकल (एनईभी) खुद्रा बिक्री वितरण भएको छ । जसमध्ये अधिकतम ३४.४ प्रतिशत हिस्सा बीवाईडीको रहेको सीपीसीएले जनाएको छ । 

Advertisement

जनवरीदेखि सेप्टेम्बर सम्मको तथ्यांक अनुसार बीवाईडी चीनको एनईभी बजारमा ३४.६ प्रतिशत सेयर हिस्सासहित पहिलो नम्बरमा रहन सफल छ । तर, यता विश्व प्रसिद्ध अमेरिकन प्रिमियम ईभी ब्राण्ड टेस्ला भने जम्मा ६.५ प्रतिशतको हिस्सासहित चिनियाँ बजारमा तेस्रो पोजिसनमा खुम्चिन पुगेको छ । यसअघि बीवाईडीपछि दोस्रो स्थानमा रहेको टेस्ला पछिल्लो समय थप एक स्थान तलझर्दै तेस्रोमा झर्न पुगेको हो । 

तर, समग्र बजारको शीर्ष स्थान कायम गर्न सफल बीवाईडीले भने आफ्नो उपस्थितिलाई एकै वर्ष ५० प्रतिशतमाथिले वृद्धि गर्न सफल भएको हो । सीपीसीएका अनुसार गत वर्षको सेप्टेम्बरमा कम्पनीले आफ्नो व्यापारलाई ५०.१ प्रतिशतले वृद्धि गर्दै ४ लाख १९ हजार ४२६ युनिट गाडी बिक्री गरेको थियो । यो हालसम्मकै उच्च रेकर्ड हो । 

बीवाईडीले बढी भन्दा बढी प्यासेन्जर कारहरु बिक्री गरेको छ । जसमा डाइनास्टी र ओसियन सिरिजका गाडीहरु समेत पर्छन् । सेप्टेम्बरमा ३ लाख ९८ हजार ७०४ युनिट गाडी बेचको कम्पनीले वार्षिक रुपमा ४५.७ प्रतिशतले र मासिक (अगस्टको तुलनामा) १२.९७ प्रतिशतले आफ्नो बिक्री वृद्धि गरेको हो । 

त्यसो त समग्रमा चिनियाँ अटोमोबाइल इन्ड्रस्ट्रीमा गत सेप्टेम्बरमा मात्र ११ लाख २३ हजार न्यू इनर्जी सेग्मेन्टका गाडीहरु बिक्री भएको छ । योसँगै पहिलो पटक चीन नयाँ प्रविधिसहितको सवारीमा १० महिनामा १० लाख युनिट बढी गाडी बेच्ने मुलुक बनेको छ ।

कुन ब्राण्डको हिस्सा कस्तो छ ?

बीवाईडी– ३४.४ प्रतिशत
गिली– ८ प्रतिशत
साआईसी–जीएम–वीलिङ – ६.५ प्रतिशत
टेस्ला चाइना– ६.४ प्रतिशत
लि अटो– ४.८ प्रतिशत
चाङ्गवन– ४.७ प्रतिशत
चेरी– ३.९ प्रतिशत
सेरेस– ३.२ प्रतिशत
जीएसी आईवन– २.९ प्रतिशत
लिपमोटर्स– २.९ प्रतिशत

Advertisement

Advertisement