सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलाको १ लाख ६२ हजार रुपियाँ नजिक पुग्यो

Advertisement

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम भएको छ । बुधबार प्रतितोला १३ सय रुपियाँले मूल्य बढ्दै छापावाला सुनको मूल्य १ लाख ६१ हजार ८ सय रुपैयाँ कायम भएको हो । यो हालसम्मकै उच्च मूल्य हो । 

दशैं विदामा करिब एक साता बन्द भएर हिजो मंगलबार मात्र खुलेको बजारमा सुनको मूल्यमा एकैदिन तोलामा १४ सय रुपैयाँले बढ्दै १ लाख ६० हजार ५ सय रुपियाँमा कारोबार भएको थियो । 

Advertisement

यस्तै आज चाँदीको मूल्य पनि तोलमा २५ रुपैयाँले बढ्दै एक हजार ९ सय ५० रुपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो चाँदी प्रतितोला २५ रुपियाँले नै बढ्दै एक हजार ९ सय २५ रुपैपियाँमा कारोबार भएको थियो । 

Advertisement

Advertisement