आज राष्ट्रिय झन्डा आधा झुकाइने !

Advertisement

काठमाडौं । सरकारले आधा राष्ट्रिय झन्डा आधा झुकाउने भएको छ । 

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सौय एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा झण्डा आधा झुकाउने निर्णय गरेको हो ।

Advertisement

 सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार पाँच सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ भने विमानहरुको अनिवार्य प्राविधिक परीक्षण गर्न निर्देशन दिएको छ ।

बुधबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको विमान विमानस्थलनजिक दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ भने पाइलट गम्भीर घाइते भएका छन् ।

पाइलटको उपचार चलिरहेको छ ।

Advertisement

Advertisement