आजको मौसम : गण्डकीमा बिहानैदेखि वर्षा, कहाँ-कहाँ छ ठूलो पानी पर्ने सम्भावना ?

Advertisement

काठमाडौं । देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । जल तथा मौसम विज्ञान विभागले गण्डकी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको जनाएको छ ।  

विभागका अनुसार आज दिउँसो​ देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । 

Advertisement

बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

बागमती, गण्डकी, लुम्बिनी र कर्णाली  प्रदेशका एक-दुई स्थानमा भने भारी वर्षा हुने विभागको भनाइ छ ।

त्यसैगरी राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ ।

बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने विभागको पूर्वानुमान छ ।

अहिले मनसुनी वायुको प्रभाव रहेको छ भने मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ । 

Advertisement