नेपाल इन्स्योरेन्सको ६६.५६६ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

Advertisement

काठमाडौं । नेपाल इन्स्योरेन्सले संस्थापक शेयर बिक्रीमा राखेको छ । 

कम्पनीले संस्थापक समूहतर्फको ६६ हजार ५६६ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो । 

Advertisement

यो शेयर संस्थाका विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउनेछन् । 

इच्छुक संस्थापक शेयरधनीले आजका मितिले ३५ दिनभित्र कम्पनीको कार्यालय गणेशस्थान, कमलादी काठमाडौंमा आफूले किन्न चाहेको शेयर संख्या र दर उल्लेख गरी बोलपत्र पेस गर्नुपर्नेछ । 

शेयरको मूल्य प्रतिकित्ता ३०० रुपियाँ तोकिएको छ । 

Advertisement

Advertisement