आरती पावर कम्पनीले आईपीओ निष्कासन गर्ने, डाक्यो साधारणसभा

Advertisement

काठमाडौं । आरती पावर कम्पनीले प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने भएको छ । 

कम्पनीले आईपीओ निष्कासनको प्रस्तावसहित नवौं वार्षिक साधारणसभा डाकेको छ । 

Advertisement

सभा टोखा नगरपालिका ८ मा रहेको पारिजात पार्टी प्यालेस काठमाडौंमा दिउँसो २ बजेदेखि सुरु हुनेछ । 


सभाले आईपीओ निष्कासन गर्ने र सोबाट प्राप्त हुने रकम उपयोग गर्ने, गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन छलफल गरी स्वीकृत गर्ने तथा चालू आवका लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्नेलगायतका प्रस्ताव पारित गर्नेछ ।

Advertisement