मौद्रिक नीति आज सार्वजनिक हुँदै

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति आज सार्वजनिक गर्ने भएको छ ।

राष्ट्र बैंकल चालू आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीति सार्वजनिक गर्न लागेको हो । 

Advertisement

मौद्रिक नीतिको मस्यौदा पारित गर्न गभर्नर महाप्रसाद अधिकारीले बोर्ड (सञ्चालक समिति) को बैठक बिहानदेखि सुरु भएको छ । 

बोर्ड बैठकले मौद्रिक नीतिको मस्यौदामाथि छलफल गरी पारित गर्नेछ । बोर्ड बैठकले पारित गरेपछि आजै मौद्रिक नीति सार्वजनिक गर्ने बताइएको छ ।

यसअघि गत शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्ने तयारी थियो । तर, सञ्चालक समितिमा मौद्रिक नीतिबारे छलफल गर्ने समय कम भएकाले तत्काललाई रोकिएको थियो । 

सरकार परिवर्तन भएको तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक सल्लाहकारमा पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई नियुक्त गरेपछि कसिलो बनाउन मौद्रिक नीति रोकिएको अड्कलबाजीसमेत गरिएको थियो । 

Advertisement