बैंकहरुमा खराब कर्जा बढ्न नदिन राष्ट्र बैंकको विशेष व्यवस्था

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ क्षेत्रमा खराब कर्जा बढ्न नदिन विशेष व्यवस्था गरेको छ । बैंक तथा वित्तीय संस्थाले असल कर्जाका लागि १.१ प्रतिशतमात्र नोक्सानी व्यवस्था गर्नुपर्ने व्यवस्था गरेको छ ।

शुक्रबार सार्वजनिक भएको चालु आर्थिक बर्षको मौद्रिक नीतिमा हाल १.२ प्रतिशत नोक्सानी व्यवस्थामा ०.१ प्रतिशत बिन्दुले घटाएर १ं१ कायम गरिएको हो । यसले गर्दा बैंकहरुको नाफा बढ्ने छ भने खराब कर्जाको आकार घट्ने छ । 

Advertisement

हाल बैंकहरुले असल कर्जाका लागि १३ अर्ब २५ करोड रुपियाँ प्रोभिजन गरेकामा नयाँ व्यवस्थाअनुसार १२ अर्ब १४ करोड रुपियाँ मात्र प्रोभिजन गरे पुग्नेछ । यो व्यवस्थासँगै बैंकहरुले थप ११ अर्ब ऋण दिनसक्ने छन् ।

Advertisement