डीआईजी मनोज केसीको सरुवा सामान्य कुरा होः गृहमन्त्री लेखक

Advertisement

काठमाडौं । गृहमन्त्री रमेश लेखकले डिआईजी मनोज केसीको सरुवालाई सामान्य प्रक्रियाको रुपमा लिन आग्रह गरेका छन् । 

राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बिहीबार उनले दुई महिनामै डिआईजी केसीको सरुवालाई सामान्य रुपमा लिनुपर्ने बताएका हुन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा निडरताका साथ अनुसन्धान र कारवाही गरेकाले प्रसंशा पाएका केसीको सरुवाप्रति पछिल्लो समयमा निकै आलोचना भइरहेको छ । 

Advertisement

एकीकृत समाजवादीका सांसद घनश्याम रिजालले केसीको नाम उल्लेख नगरिकन गृहमन्त्रीले डिआईजीलाई दुई महिना नपुग्दै सरुवा किन गरेको भनेर प्रश्न गरेका थिए । प्रतिउत्तरमा लेखकले लेखकले कर्मचारीहरुको सरुवा, बढुवा नियमित प्रक्रिया भएको भन्दै डिआईजी केसीलाई योग्यतम ठाउँमा लगिएको बताए । 

केसी योग्य व्यक्ति भएको भन्दै उनले योग्य भएकाले प्रहरीलाई तालिम दिने स्थानमा लगिएको तर्क गरे । सरुवा गरेर जिआईजीको ठाउँमा डिआईजी नै ल्याइएको लेखकको भनाई छ । 

उनले भने, ‘जहाँसम्म यहाँले जुन पदको सरुवाको कुरा गर्नुभएको छ, उहाँ अत्यन्त योग्य मानिस हो । र योग्यतम ठाउँमा पुग्नुभएको छ । किनभने प्रहरीलाई तालिम दिने ठाउँ भनेको त सबैभन्दा ज्यादा पढे, लेखेको मान्छे चाहियो नि । प्रहरी राम्रो बनाउनु पर्यो । अनि राम्रो प्रहरीलाई, राम्रो तालिम दिनका लागि, राम्रो मान्छे पठाउँदा के समस्या भयो ? अनि फेरि जुन ठाउँबाट उहाँ जानुभयो, डिआइजी गएर इन्सपेक्टर त आएको होइन होला नि । अर्को डिआइजी आएको होला नि ।’

गृहमन्त्री लेखकले सदाचार नीति आवश्यक रहेको भन्दै सरकार यो नीतिलाई पारित गरेर लागू  गर्नका लागि प्रतिवद्ध छ रहेको बताए । 

Advertisement

Advertisement