काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको नयाँ मुख्यालयको शुक्रबार बिहान पूजा गरेका छन् ।
भूकम्पबाट क्षतिग्रस्त भएको राष्ट्र बैंकको भवन पुनर्निमाण गरिएपछि सो भवनमा सर्ने क्रम जारी छ । सोही सन्दर्भमा आजको साइते हेरेर अधिकारीले पूजा गरेका हुन् ।
पूजामा उनले राष्ट्र बैंकका डेपुटी गभर्नर र कार्यकारी निर्देशकहरु नदेखिए पनि श्रीमतीलाई भने सँगै राखेको देखिन्छ । एक जना डेपुटी गभर्नर बमबहादुर मिश्र इण्डोनेसिया गएका छन् भने अर्की डेपुटी गभर्नर डा. नीलम ढुंगानालाई भने संभवतः आमन्त्रण नगरिएको हुनसक्ने अडकल गरिएको छ ।