आईएमईले गाभ्यो जीएमई रेमिट, बुधबारदेखि एकीकृत कारोबार, आईपीओ पनि निष्काशन गर्ने

Advertisement

काठमाडौं । आइएमई लिमिटेडले जीएमई रेमिटलाई भागेको छ । एकीकरणको कानुनी प्रक्रिया पूरा भइसकेको भन्दै आईएमई समूहले यसको औपचारिक शुभारम्भ गर्दै भोलि (बुधबार)देखि एकीकृत कारोबार गरिने जनाएको छ । 

जीएमईलाई भागेसँगै आईएमई लिमिटेडको अध्यक्ष हेमराज ढकाल हुनेछन् । हालसम्म कम्पनीको अध्यक्ष चन्द्र ढकाल छन् । हेमराज चन्द्र ढकालका भाई हुन् । बैंकिङ क्षेत्रमा धेरै बैंक वित्तीय संस्था भागेर नयाँ रेकर्ड बनाएको आईएमई समूहले रेमिटान्स क्षेत्रमा पनि मर्जरको सुरुवात गरेको हो । 

Advertisement

रेमिटान्स कारोबारमा नम्बर एक कम्पनी रहेको आईएमई लिमिटेडको चुक्ता पुँजी मर्जरपछि एक अर्ब २५ करोड पुग्नेछ । हालसम्म यो कम्पनीको पुँजी ९० करोड छ । जीएमईले भने विशेषगरेर जापान र कोरियाबाट रेमिटान्स भित्राउने गरेको छ । 

मर्जरपछि १० प्रतिशत शेयर सार्वसाधारणका लागि निष्काशन गर्ने योजनामा रहेको आईएमईले त्यस प्रक्रियाका लागि प्रभु क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा नियुक्त गरिसकेको छ । 

Advertisement

Advertisement