काठमाडौं । शेयर बजार आज बढेर बन्द भएको छ । बजारमा हिजो झिनो करेक्शन आएको थियो ।
आज पनि दिउँसो १२ः२२ बजे बजार २९ सय अंकबाट घटेर २८८४.८ अंकमा झरे पनि बजार बन्द हुने समयसम्म पुग्दा पुनः हिजो भन्दा उचालिएर बन्द भएको हो ।
नेपाल स्टक एक्सचेञ्ज लिमटेड (नेप्से) का अनुसार आज बजार ३४.२९ अंकले बढेको हो । १.१७ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २९५७.७५ प्रतिशत अंकमा उक्लिएको छ ।
समग्रमा बजार बढे पनि जीवन बीमा समूह ०.०८, लघुवित्त ०.७० र म्युचुअल फण्ड ०.९० प्रतिशतले घटेको छ । बाँकी समूहमा भने हरियाली छायो । आज सबैभन्दा बढी वित्त समूह ७.६७ प्रतिशतले बढेको छ ।
३३२ कम्पनीको ५ करोड १२ लाख ३० हजार ३ सय ४० कित्ता शेयर किनबेच हुँदा २३ अर्ब ४३ करोड ५ लाख ८१ ह्जार १ सय ५०.४८ रुपियाँ बराबरको कारोबार भएको हो ।
आज विभिन्न १३ कम्पनीका लगानीकर्ताहरुले ९ प्रतिशतले बढी नाफा कमाएका छन् ।
त्यस्तै मन्दाकिनी हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी १० प्रतिशतले घाटा व्यहोरे ।
आज पनि हिमालयन रि को उच्च कारोबार भएको छ । उक्त कम्पनीको ८६ करोड ५८ लाख ५८ हजार ३ सय ७.७० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
साताको पहिलो दिन आइतबार ९४.५३ अंकले बजार उचालिंदा २५ अर्ब ७७ करोड ९४ लाख ५३ हजार ५ सय ९.९० रुपियाँ, सोमबार ७०.८१ अंकले बजार उचालिंदा २७ अर्ब २४ करोड २० लाख ३४ हजार ७ सय ६५.८९ रुपियाँ र हिजो मंगलबार ८.१८ अंकले बजार घट्दा २१ अर्ब ५१ करोड ५० लाख १० हजार ६ सय ३३।३१ रुपियाँ बराबरको शेयर किनबेच भएको थियो ।