राशिफलः आज (भदौ ९) तपाइँको पेशा, व्यवसाय, शेयर कारोबार कस्तो रहला ?

Advertisement

ज्यो. गुरु दिवाकर पन्त
आज वि.सं.२०८१ साल भदौ महिनाको ९ गते आइतबार, भाद्र कृष्णपक्षको षष्ठी तिथि, उप्रान्त सप्तमी तिथि रहेको छ । आज गौरा सप्तमी रहेको छ ।

मेष 
प्रतिष्पर्धी स्वाभाव हुने छ । पैतृक सम्पत्ति तथा आफुले सृजना गरेको धन सम्पत्तिबाट सुखको अवस्था सृजना हुने छ । छोटो यात्रा गर्नु पर्ने अवस्था देखिन्छ । ब्यक्तित्वमा भने गिरावट आउने छ । शरीर कमजोर हुने तथा रगतसँग सम्बन्धी विषयमा भने सतर्क रहनु होला । पेशागत जीवनमा भने चुनौतिहरु र विवाद देखा पर्न जाने छ । शेयर क्षेत्र सतर्क रहनु पर्ने देखिन्छ ।

Advertisement

वृष 
भाग्यहिनताको अनुभुति हुने भएकाले यसले कार्य सफलतामा असर पार्ने छ । पेशागत तथा ब्यावसायिक जीवनमा अवरोधहरु आउने छन् । ब्यक्तित्वमा कमि आउने छ । बोलीको प्रभावमा कमि आउने भएकाले विचार गरेर मात्र बोल्नु होला । आम्दानीको विषयलाई लिएर मनमा अन्योल र असन्तोष उत्पन्न हुन जाने छ । यसले थप चिन्ता बढाई दिने छ । शेयर क्षेत्र हल्का सकारात्मक रहने छ ।

मिथुन 
पेशागत जीवन भने सकारात्मक दिशामा नै रहने छ । शेयर क्षेत्र पनि सकारात्मक रहने छ । मनमा अत्यन्त निराशा उत्पन्न हुने छ । मन उदास हुने भएकाले कर्मको जीवनमा पनि यसले जोश र जाँगरको अभाव सृजना गरिदिने छ । जीवनसाथिको साथ लिए काम गरेमा यसले सार्थकता पाउने छ । साझेदारीमा गरिएका कामहरुले सफलता दिने छन् । ब्यक्तित्व बोल्ड खालको हुने छ । 

कर्कट
मनमा उदासिनता बढ्ने छ । भाग्यको साथ नभएको जस्तो मनमा लागि रहने छ । रिस धेरै कडा हुने भएकाले यसलाई नियन्त्रण गर्न हरदम प्रयास गर्दा उपयुक्त हुने देखिन्छ । आफैले सृजना गरेका घर, घडेरी तथा बाहन बेच्नु पर्ने र त्यसबाट खर्च गर्नु पर्ने समय रहेकाले विचार गरेर मात्र अघि बढ्दा उपयुक्त हुने छ । शेयर बजारको हकमा भने केही अनुकुल हुने देखिन्छ । 

सिंह
मनमा उदासिनता बढ्ने र चिन्ताले सताउने छ । आत्माबल बलियो हुने भएकाले परिस्थितिसँग जुध्न साहस भने प्राप्त हुने छ । बोल्ड ब्यक्तित्व हुने छ । पेशा तथा ब्यापार ब्यवसायमा आशातित सफलता र नतिजा प्राप्त नहुने भएकाले निराश नभई अघि बढ्नु पर्ने देखिन्छ । शेयर क्षेत्र फलदायी रहने छ ।

कन्या
मन उदास हुने भएकाले उत्साह र उमङ्गको कमि हुन जाने छ । मन नियन्त्रण गर्न योग र ध्यानलाई पनि स्थान दिनु होला । मेहनति र पराक्रमी स्वाभाव भने निरन्तर रहने छ । आम्दानीमा हुने केही बृद्धिले उत्साह ल्याउने छ । पारीवारिक भरोसाबाट सम्पत्तिका विषयमा देखा परेका बिबादहरु समाधानतर्फ जाने छन् । शेयर बजारमा होशियार रहनु होला ।

तुला 
दाम्पत्य जीवनमा मधुरताको कमि हुने छ जसले गर्दा मनमा उदासिनता थपिने छ । साझेदारीमा गरिएका कार्यहरुमा अवरोध आउने छन् । मनमा निरन्तर दुविधा आउने भएकाले निर्णय क्षमतामा कमि भएको जस्तो ब्यक्तित्व देखा पर्ने छ । पेशागत जीवनमा भने सकारात्मक तथा स्थिर रहने नै देखिन्छ । शेयर बजार अनुकुल रहने छ ।

वृश्चिक
भाग्यको बलियो साथ रहेको छ, जसले गर्दा अवरोधहरु र कठिनाईहरु समाधान गर्न साहस र आन्तरिक बुद्धि प्राप्त हुने छ । पेशागत जीवनमा स–सानो उतार चढाव आएता पनि औसतमा यो सकारात्मक दिशामा नै अघि बढ्ने छ । मनमा अत्याधिक दुविधा हुने भएकाले काम प्रति मन केन्द्रित हुन नसक्दा कार्य सफलतामा कमि आउने छ । शेयर क्षेत्र औसत रहने छ ।

धनु 
बोलीमा एक रुपता हुने छैन् । तुरुन्तै नरम र तुरुन्तै कडा खालको बोली हुने हुँदा दुविधात्मक स्वाभाव देखा पर्न जाने छ । आर्थिक लेनदेनमा विचार गरेर मात्र कारोवार गर्नु होला । मनमा अनावश्यक दुविधा र चिन्ता थपिने भएकाले मनोबलको अभाव देखिने छ । भाग्यको साथ रहनाले प्रतिकुलतासँग जुध्न शक्ति प्राप्त हुने छ । जीवनसाथिको साथ लिएर अघि बढेमा कार्य सम्पन्न हुन मद्दत पुग्ने छ । शेयर क्षेत्र केही सकारात्मक रहने छ । 

मकर 
शत्रु पराजय हुने छन् । अनावश्यक शुरोपनामा भारी बृद्धि हुने भएकाले यसबारेमा भने सतर्क रहँदा उपयुक्त हुने छ । मनमा अलि निराशाको भाव भने पैदा भइरहने छ । दम्पत्ति एक अर्कामा समर्पित हुने स्वाभाव पैदा हुने भएता पनि विवाद पनि बढ्ने छ । पेशागत जीवनमा थप जोखिम उठाउनु पर्ने अवस्था आउँछ । प्रतिष्पर्धात्मक स्वाभावमा बृद्धि हुने भएकाले प्रतिकुल परिस्थितिमा पनि मनोबल कायम राख्न मद्दत पुग्ने छ । शेयर बजार अनुकुलता तर्फ अघि बढ्ने छ । 

कुम्भ 
मनोबल उच्च रहने छ । नेतृत्व क्षमतामा पनि बृद्धि हुने छ । आम्दानीमा थोरै भए पनि बृद्धि हुन पुग्ने छ । पेशागत जीवन भने थोरै अस्थिर हुन पुग्ने भएकाले सतर्कता अपनाउनु होला । जीवनसाथिको साथमा कामलाई अघि बढाएमा फाइदा हुने देखिन्छ भने जीवनसाथिको साथले लक्ष्य प्राप्तिमा सहयोग पुग्ने छ । साझेदारीमा गरिएका काममा पनि शुभता आउने छ । शेयर क्षेत्र औसतमा केही सकारात्मक रहने छ ।

मीन
धन सम्पत्तिमा बृद्धि हुन पुग्ने छ । पारिवारिक जीवनमा नेतृत्व गर्नु पर्ने छ । पेशागत जीवनमा आँकलन नगरिएका समस्याहरु उत्पन्न हुन जाने भएकाले त्यसले अनावश्यक झमेलामा धकेलिदिने छ । पेशागत जीवन र ब्यावसायीक जीवनमा अवरोधहरु आउने छन् । कठिनाईसँग जुध्नु पर्ने समय भएकाले धैर्यतासहित पाइला चाल्नु होला । शेयर क्षेत्र अनुकुल रहने छ ।

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)
 

Advertisement

Advertisement