काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) को गोप्य शिलबन्दी बोलपत्र आज (भदौ १२) खोलिँदैछ ।
शिलबन्दी ग्लोबल आईएमई क्यापिटल नक्साल काठमाडौंमा बिहान ८ बजेदेखि खोलिनेछ ।
क्यापिटलको फेसबुक पेजमार्फत बोलपत्र खोलेको प्रत्यक्ष हेर्न सकिने कम्पनीले जनाएको छ ।
कम्पनीले साउन २९ गतेदेखि अवितरित हकप्रद शेयरमध्ये लिलाम बढाबढ प्रक्रियाबाट बिक्री नभई बाँकी रहेको १ करोड ६८ लाख ५९ हजार ५० कित्ता शेयरको बिक्री खुला गरेको थियो । यो शेयरमा भदौ ६ गतेसम्म लगानीकर्ताले खरिद आवेदन दिएका थिए ।
प्रतिकित्ता न्यूनतम १०० रुपियाँ तोकिएको सो शेयर खरिदका लागि बोलपत्र पेस गर्दा घटीमा १०० कित्ता र बढीमा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था थियो ।