यो बीमा योजना नेपालको परिप्रेक्ष्यमा बिलकुलै नयाँ

एलआइसी नेपालद्वारा ‘जीवन उत्सव बीमा’ योजना सार्वजनिक

Advertisement

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (लि.)–एलआईसी नेपालद्वारा ‘जीवन उत्सव बीमा’ योजना सार्वजनिक गरिएको छ ।   

बीमाङ्कको दुई गुणासम्म सुरक्षा प्रदान एवं थप अतिरिक्त दुर्घटना लाभ लिएमा सो समेत प्रदान गरिने, नियमित आर्जित बोनसको साथमा थप अतिरिक्त लाभ (बोनस सुविधा) र बीमितको मृत्यु हुँदा बीमांकको दोब्बर रकम सहित आर्जित बोनस प्रदान गरिने विशेषता भएको उक्त ‘जीवन उत्सव योजना’ आज सार्वजनिक गरिएको हो ।  

Advertisement

यस बीमा योजना एलआइसी नेपालको काठमाडौं स्थित कर्पोरेट कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच कम्पनीका निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत प्रणय कुमार, नायब कार्यकारी निर्देशक ए दत्ता, सूचना प्रविधि प्रमूख रोहित बुदियाल,  मार्केटिङ विभाग प्रमुख प्रकाशभक्त उपाध्याय  एवं अण्डरराईटिङ विभाग प्रमुख सबिना श्रेष्ठ लगायत अन्य विभागीय प्रमुखहरू तथा कर्मचारीहरुले संयुक्त रुपमा शुभारम्भ गरेका हुन् । 
 
उक्तकार्यक्रममा बोल्दै कम्पनीका निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत प्रणय कुमारले यो बीमा योजना नेपालको परिप्रेक्ष्यमा बिलकुलै नयाँ भएको र नेपाल बीमा प्राधिकरणको निर्देशिका बमोजिम ल्याईएको प्रष्ट पारे । 

यस बीमा योजनाले हाल बीमा अवधी नपुग्दै बीमा परित्याग गर्ने परिपाटीलाई निरुत्साहित गर्ने र बीमालाई लामो अबधि सम्म चलाउन मद्दत गर्ने विश्वास रहेको कुमारले जानकारी दिए ।    
 

Advertisement