सगरमाथा जोगाउने वीर शेर्पाहरू हुन्ः पर्यटनमन्त्री पाण्डे

Advertisement

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हिमाल जोगाउने वीरहरू भनेका शेर्पा समुदाय भएको बताएका छन् । शुक्रबार नेपाल पर्वतीय प्रतिष्ठानको कार्यक्रममा उनले विश्वमा वीर गोर्खाली भनेर चिनिए जस्तै सगरमाथालाई चिनाउने वीरहरू शेर्पा भएको बताए । 

पाण्डेले भने, ‘प्रत्येक समाज र देशको आ–आफ्नै संस्कृति छ । वीर गोरखाली र हाम्रा पौरख गर्ने हिमाल चढ्ने र चढाउने हिमाली शेर्पाहरू हुन् । हाम्रो शाहसिक शेर्पाहरूले नै हिमाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउनु भएको छ । उहाँले संस्कार र संस्कृति गुमाउने हो भने नेपालले आफ्नो अस्तित्व गुम्ने छ ।’

Advertisement

प्रतिष्ठानलाई अन्तर्राष्ट्रिय शैक्षिक हबका रूपमा अघि बढाउनुपर्ने उनले बताए । पाण्डेले भने, ‘अब यसलाई अन्तर्राष्ट्रिय विश्वविद्यालय बनाउनु पर्छ । सोलुखुम्बु र त्यस क्षेत्र वरपरका मात्रै होईन, संसारभरका विद्यार्थीहरू पढ्ने गरि दायरा विस्तार हुनेमा आगामी दिनमा विश्वास व्यक्त गरेको छु ।’ उनले नाथम र प्रतिष्ठानलाई एकीकरण्न नगरिने पनि स्पष्ट पारे । 

कार्यक्रममा पूर्वमन्त्रीहरु बलबहादुर केसी, शंकर कोईराला, प्रतिष्ठाका पूर्वअध्यक्षहरु शंकर पाण्डे, प्रेमकुमार श्रेष्ठ, सन्तोष थापा मगर, लाप्पा फुटि शेर्पा सम्मानित समेत भएका थिए । साथै, कार्यक्रममा प्रतिष्ठानका विद्यार्थीहरूले अनुसन्धान गरेको जर्नल र भ्वाइस अफ हिमालको विमोचन समेत गरिएको थियो ।

Advertisement

Advertisement