भगवती हाइड्रोद्वारा १४.७३ प्रतिशत लाभांश घोषणा, बुक क्लोज कहिले ?

Advertisement

काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले १४.७३ प्रतिशत लाभांश घोषणा गरेको छ । 

कम्पनी सञ्चालक समितिको हिजो बसेको बैठकले आव २०८०÷०८१ को नाफाबाट ४ प्रतिशत बोनस शेयर र १०.७३६८ प्रतिशत नगद लाभांश (करसहित) प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव अर्जुन खवासले जनाएका छन् । 

Advertisement

यसैबीच लाभांश पारित गर्न कम्पनीको २४औं साधारण सभा असोज १६ गते डाकिएको छ । बिहान ११ बजे अर्पण बैंक्वेटमा साधारण सभा डाकिएको हो । 

साधारण सभा प्रयोजनका लागि असोज २ गते बुक क्लोज गर्ने निर्णय भएको कम्पनी सचिव खवासले उल्लेख गरेका छन् । 
 

Advertisement