गरिमा विकास बैंकको नायब सीईओमा अनिल रेग्मी नियुक्त

Advertisement

काठमाडौं ।  गरिमा विकास बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मी नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका छन् । 

सञ्चालक समितिले विगत २ वर्षदेखि सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत चार्टड एकाउन्टेन्ट रेग्मीलाई असोज १ गतेदेखि लागू हुने गरी नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो । 

Advertisement

नवनियुक्त नायब प्रमुख कार्यकारी अधिकृत रेग्मीले २०८० चैत्र १५ गतेदेखि कम्पनी सचिवको जिम्मेवारी समेत सम्हाल्दै आएका छन् । 

नवनियुक्त नायब प्रमुख कार्यकारी अधिकृत रेग्मीसँग तत्कालिन जनता बैंक लिमिटेड र तत्कालिन सेन्चुरी कमर्शियल बैंक लिमिटेडमा ११ वर्षसहित बैंकिङ्ग क्षेत्रको व्यवस्थापन तहका रही करिब १३ बर्ष कार्य गरको अनुभव रहेको छ । 

बैंकिङ्ग क्षेत्रमा प्रवेश गर्नुपूर्व लेखापरीक्षण तथा कन्सल्टेन्सी पेशामा आवद्ध रेग्मीसंग बैंकिङ्ग लगायत अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरुको लेखापरीक्षण कार्य गरको अनुभव समेत रहेको छ । 
 

Advertisement