हामीले विश्वमा 'सेफ टुरिजम'को सन्देश दिन जरुरी छः महानिर्देशक रेग्मी

Advertisement

काठमाडौं । पर्यटन विभागका महानिर्देशक डा. नारायण प्रसाद रेग्मीले हामीले सेफ टुरिजम (सुरक्षित पर्यटन) को सन्देश दिन जरुरी रहेको बताएका छन् । 

विभागले आयोजना गरेको छलफल कार्यक्रममा उनले उक्त कुरा बताएका हुन् । सुरक्षाको हिसाबले पनि नेपाल पर्यटकीय गन्तव्य देश हो, उनले भने, ‘अहिले नेपालका सडकहरु यस्तो छ, हवाई दुर्घटना, हिमालदेखि पूर्वाधार राम्रो छैन भने कुराहरु छन् । साथै बस्ने व्यवस्थापन पनि राम्रो छैन् भने कुराहरु रहेका छन् । यही सबै कुराहरुलाई एकीकृत गरेर पर्यटकको जीवनदेखि लिएर उनीहरुको मनोरञ्जन, रुचिहरु त्यस्ता कुराहरुलाई ध्यानमा राखेर विभागले काम गर्नेछ ।’ 

Advertisement

उनले थपे, ‘हाल विभागले तीन कुराहरुमा काम गरिरहेका छन्, जस्तै कानुन, नियमन, कार्यविधिहरु बनाइ रहेको छ भने पर्यटनसँग सम्बन्धित निजी क्षेत्रदेखि पर्यटन बोर्ड, विभिन्न संघसंस्थाहरुसँग सहकार्य गरेर अघि बढ्ने छौं । साथै हामी उद्दार र राहतमा केन्द्रित हुन्छौं ।’

साथै विभागका महानिर्देशक रेग्मीले विश्व पर्यटन दिवस मनाउने तयारी गरिरहेको जानकारी दिए ।

Advertisement