ग्रेटर नेपालका अभियान्ता फणीन्द्र नेपालको एक्स (ट्विटर) एकाउन्ट भारतमा प्रतिवन्धित

Advertisement

काठमाडौं । ग्रेटर नेपालका अभियन्ता फणीन्द्र नेपालको एक्स (ट्विटर) एकाउन्ट भारतमा प्रतिवन्धित भएको छ । साथै, भारत सरकारले उनको एकान्ट पूर्ण प्रतिवन्ध गर्न एक्सलाई पत्राचार पनि गरेको छ ।

फणीन्द्र नेपालले एक्समा गरेको पोष्टहरुले भारतको सूचना प्रविधि ऐन, २००० को उल्लंघन गरेको भन्दै पत्र लेखेको एक्सले उनलाई ईमेलमार्फत् जानकारी दिएको छ ।

Advertisement

भारतीय सरकारको पत्राचारकै आधारमा फणीन्द्र नेपालको एक्स एकाउन्ट भारतभरि ‘विथहेल्ड’ गरिएको हो । सोमबार अनामनगरमा भेट भएका उनले आफ्नो ट्टिर एकाउन्ट भारतले प्रतिवन्धित गरेको जानकारी दिए । फणीन्द्र नेपालले आफ्नो एकान्टलाई रोक नलगाउन आग्रह गर्ने बताउँदै प्रजातान्त्रिक भनिएको मुलुकले आफूप्रति गरेको व्यवहार उचित नरहेको बताए । 

फणीन्द्र नेपालले आफू नेपाल र नेपालीवादी भएको बताउँदै आफू कुनै देशविरोधी नभए पनि प्रचार भने इण्डियाविरोधी जस्तो गरिएको बताएका छन् । पछिल्लो समयमा आफ्नो ट्विटर एकाउन्टमा हिन्दी भाषामा समेत निकै कमेन्टहरु आउने गरेको कुराले गर्दा आफ्नो एकाउन्ट प्रतिवन्धित गरिएको हुनसक्ने पनि नेपालले बताए । 

उनले सुगौली सन्धिपछि भारतीय उपनिवेशमा रहेको ६० हजार वर्ग किलोमिटर नेपाली भूमि फिर्ता हुनुपर्ने माग राख्दै आएका छन् । यद्यपि यस विषयमा नेपालको सरकारले भने अहिलेसम्म कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन् । 

Advertisement