ओलीलाई पाँच वर्षअघिको फैसला स्मरण गराउँदै बालेनले भने– त्यो बेला किन पुनरावेदन नगरेको ?
फाइल तस्बिर ।

Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति आक्रोश व्यक्त गर्दै आफू महानगरको मेयर नहुँदै अदालतले गरेको फैसलामा किन पुनरावेदन नगरेको ? भनी प्रश्न गरेका छन् ।

उनले त्यसबेला प्रधानमन्त्री केपी शर्मा ओली नै रहेको, बागमतीका मुख्यमन्त्री डोरमणि पौडेल र काठमाडौं महानगरपालिकामा विद्यासुन्दर शाक्य मेयर रहेको बेला अदालतले काठमाडौंका नदीतटको मापदण्ड थप २० मिटर कायम गर्न भनेको स्पष्ट पारेका छन् ।

Advertisement

‘त्यो बेला किन पुनरावेदनमा गएनन् ?’ बालेनको प्रश्न छ, ‘कि भन्नुपर्‍यो त्यो बेला हाम्रो बुद्धि पुगेन । या भन्नुपर्‍यो अहिले हाम्रो दाउ अर्कै छ ।'

यस्तो छ बालेनको स्टाटस

undefined

Advertisement