कृषि विकास बैंकको सञ्चालकमा दीर्घराज मैनाली नियुक्त

Advertisement

काठमाडौं । कृषि विकास बैंकको सञ्चालकमा अर्थ मन्त्रालयका सहसचिव दीर्घराज मैनाली नियुक्त भएका छन् । भदौ २० गते बसेको मन्त्री परिषद्को बैठकले बैंकको रिक्त सञ्चालक समिति सदस्यमा मैनालीलाई नियुक्त गर्ने निर्णय गरेको थियो । सोही निर्णय बमोजिम सहसचिव मैनालीलाई बैंकको सञ्चालकमा नियुक्त गरिएको कृषि विकास बैंकले जनाएको हो । 

२०८१ भदौ २५ गते बसेको बैंक सञ्चालक समितिको बैठकको निर्णय र बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अनुसार सदस्य मैनालीले पद तथा गोपनियताको शपथ समेत लिइसकेको बैंकले जनाएको छ ।

Advertisement

Advertisement