न्यादी हाइड्रोको १ करोड २८ लाख कित्ताको ‘लक इन’ कात्तिकमा सकिँदै

Advertisement

काठमाडौं । न्यादी हाइड्रोपावर कम्पनीको ‘लक इन’ अवधि कात्तिकमा सकिने भएको छ । 

कम्पनीको संस्थापक, संस्थाका कर्मचारी र आयोजना प्रभावित क्षेत्रका बासिन्दाको स्वामित्वमा रहेको शेयरको ‘लक इन’ कात्तिक ४ गते सकिने भएको हो ।

Advertisement

हाल संस्थापक शेयरधनीको १ करोड ९ लाख ५० हजार कित्ता, संस्थापक शेयरधनीका कर्मचारीको ३ लाख कित्ता, कम्पनीका कर्मचारीको ४५ हजार कित्ता, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाको १५ लाख कित्ता गरी कुल १ करोड २७ लाख ९५ हजार कित्ता शेयर ‘लक इन’ मा छ । 

‘लक इन’  खुलेपछि भने संस्थापक, स्थानीय र कर्मचारीले शेयर बिक्री गर्न सक्नेछन् ।

सार्वजनिक निष्काशन गरि शेयर बाँडफाँट गरेको ३ वर्षसम्म कम्पनीको संस्थापक, योजना प्रभावित स्थानीय र कम्पनीका कर्मचारीले शेयर बिक्री गर्न नपाइने गरी  ‘‘लक इन’ राख्नुपर्ने व्यवस्था छ । 

Advertisement