भगवती हाइड्रोपावरको शेयर मूल्य समायोजन

Advertisement

काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर मूल्य समायोजन भएको छ । 

कम्पनीले शेयरधनीहरुलाई ४ प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु ९१८.३७ कायम गरिएको छ । यसअघि रु. ९५५.१० थियो । 

Advertisement

समायोजन गरिएको मूल्यबाट बुधबारदेखि कम्पनीको शेयर कारोबार हुने नेप्सेले जनाएको छ । 
 

Advertisement