काठमाडौं। दोलखाको रमणीय उपत्यका जिरीको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित भोलि (शुक्रबार)देखि भदौ ३० गतेसम्म राजधानीमा ‘क्यानभासमा जिरी’ नामक कला प्रदर्शनी गरिने भएको छ ।
प्रदर्शनीमा दोस्रो जिरी महोत्सवका अवसरमा ६ जना कलाकारले बनाएका ३२ वटा चित्र राखिने छ । नयाँ बानेश्वरस्थित एनबी सेन्टरमा रहेको उमोजा क्याफेमा हुन् गइरहेको प्रदर्शनी पर्यटन प्रवर्द्धन मञ्चले आयोजना गर्न लागेको हो ।
कलाकारहरू केशव खनाल, किशोर रानाभाट, लीलाधर केसी, मोहन शिवाकोटी, प्रकाश मिजार र शिव शिर्पालीले एक्रेलिक र जलरङ प्रयोग गरि बनाएका चित्र प्रदर्शनीमा राख्न लागिएको छ ।
प्रदर्शनीका संयोजक लीलाराम खड्काका अनुसार कलामार्फत् जिरीको प्रकृति, संस्कृति र जीवनशैली पस्कने प्रयास गरिएको हो । यसले जिरीको पर्यटन विकासमा ठूलो टेवा पुर्याउने छ ।