पहिलो पटक बैंकहरुको निक्षेप ६५ खर्बभन्दा माथि, लगानीयोग्य रकम बैंकहरुमा चुलिँदै

Advertisement

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन पहिलो पटक ६५ खर्ब रुपियाँभन्दा माथि पुगेको छ । गत बिहीबार बैंक तथा वित्तिय संस्थामा भएको निक्षेप ६५ खर्ब पाँच अर्ब रुपियाँ पुगेको छ, जुन हालसम्मकै उच्च हो । नेपाल राष्ट्र बैंकबाट प्राप्त तथ्यांकले यस्तो देखाएको हो ।  
 

यसअघि गत असार मसान्तसम्म बैंक तथा वित्तिय सस्थामा भएको निक्षेप ६४ खर्ब ९६ अर्ब रुपियाँ पुगेको थियो । त्यसपछि घटेको निक्षेपले दुई महिनाको अन्तररालमा नयाँ रेकर्ड कायम गरेको हो । 

Advertisement

बिहीबारसम्म बाणिज्य बैंकहरुमा मात्रै ५७ खर्ब ७७ अर्ब रुपियाँ निक्षेप जम्मा भएको छ । अन्य बैंक तथा वित्तीय संस्थामा भने सात खर्ब २७ अर्ब रुपियाँ निक्षेप रहेको राष्ट्र बैंकको भनाइ छ ।

बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह भने ५२ खर्ब १३ अर्ब रुपियाँ पुगेको छ । त्यसमा बाणिज्य बैंकहरुबाट मात्रै ४६ खर्ब १४ अर्ब रुपियाँ कर्जा प्रवाह भएको देखिन्छ । अन्य बैंक तथा वित्तीय संस्थाबाट भने पाँच खर्ब ९९ अर्ब रुपियाँ कर्जा प्रवाह भएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । कर्जा बक्यौताको आधारमा यस्तो आकँडा देखिएको हो । 

यसरी बैंक तथा वित्तीय संस्थाको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७८.७८ प्रतिशत कायम भएको छ । बैंकहरुले कर्जा निक्षेप अनुपात ९० प्रतिशतसम्म पुग्ने गरि ऋण लगानी गर्न पाउछन् । त्यो अनुसार अझै बैंकहरुले निक्षेपको ११.२२ प्रतिशत रकम ऋण लगानी गर्न पाउछन्, जुन रकम सात खर्ब ३० अर्ब रुपियाँ हुन आउछ । तर, पछिल्लो समय देखिएको आर्थिक शिथिलताले बैंक तथा वित्तीय संस्थामा कर्जाको माग बढ्न सकेको छैन । फलस्वरुप खर्बौं रुपियाँ बैंक तथा वित्तीय संस्थामा थुप्रिएको छ । 

Advertisement