साहस ऊर्जाद्वारा ८ प्रतिशत लाभांश घाेषणा, शतप्रतिशत हकप्रद निष्कासन गर्ने

Advertisement

काठमाडौं । साहज ऊर्जा लिमिटेडले लाभांश घोषणा गरेको छ । 

कम्पनीले चुक्ता पुँजी साढे ३ अर्बबराबरको ८ प्रतिशतले हुन आउने २८ करोडबराबरको २८ लाख कित्ता बोनस शेयर वितरण गर्नेछ । 

Advertisement

साथै, बोनस शेयरपछि वृद्धि हुन आउने चुक्ता पुँजीको १ः१ अनुपातमा १०० रुपियाँ अंकित दरमा ३७ करोड ८० लाख कित्ता हकप्रदसमेत जारी गर्नेछ ।

लाभांश प्रस्ताव र हकप्रद शेयर निष्कासन प्रस्ताव पारित गर्न कम्पनीले एकैपटक ४ आर्थिक वर्षको साधारणसभा डोकेको छ ।

सभा, कात्तिक ४ गते बिहान कार्की ब्यांक्वेट बबरमहलमा बिहान ११ बजेदेखि सुरु हुनेछ । 

सभाले आर्थिक वर्ष २०७७/७८, २०७८/७९, २०७९/८० र २०८० ८१ को लेखापरीक्षण प्रतिवेदनसहितको वित्तीय विवरण छलफल गरी पारित गर्नेछ । त्यस्तै, चालू आवका लागि लेखापरीक्षक नियुक्त गरी निजको पाश्रिममिक निर्धारण गर्ने, बोनस शेयरमा लाग्ने ०.४२१ प्रतिशतका दरल नगद लाभांश वितरणको प्रस्ताव पारित गर्ने, परियोजनाका लागि लिइएको थप ऋण अनुमोदन गर्नेलगायतका एजेन्डा छन् । 

Advertisement

Advertisement