काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले व्यतित बीमालेख नवीकरण (पुनर्जागरण) गर्दा लाग्ने ब्याजमा ५० प्रतिशतसम्म छुट दिने भएको छ ।
कम्पनीले कात्तिक २५ गतेदेखि ३० गतेसम्म नवीकरण गरेमा ब्याज छुट दिने जनाएको छ ।
बिमितले व्यतित मितिदेखि ५ वर्ष ननाघेका बीमालेख नवीकरण गर्दा ५० प्रतिशत र ५ वर्ष नाघिसकेको बीमालेख नवीकरण गर्दा लाग्ने ब्याजमा ३५ प्रतिशत छुट पाउनेछन् ।
कम्पनीले छुट सुविधाको सदुपयोग गर्दै ग्राहकलाई व्यतित बीमालेख नवीकरण गर्न अनुरोध गरेको छ । साथै यस्तो छुट सुविधा बीमा अवधिभर एक पटक मात्र पाइने र २०८२ कात्तिक २५ सम्म परिपक्व हुने बीमालेखमा यो सुविधा लागु नहुने जनाएको छ ।