सगरमाथा जलविद्युतको लाभांश सुनिश्चित गर्ने आज अन्तिम दिन

Advertisement

काठमाडौं । सगरमाथा जलविद्युत् कम्पनीले लाभांश सुरक्षित गर्ने आज (कात्तिक २५) अन्तिम दिन हो । 

लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ कम्पनीले भोलि (कात्तिक २६) बुक क्लोज गर्दै छ । 

Advertisement

अत ः आजसम्म शेयरधनी बन्नेले कम्पनीको प्रस्तावित लाभांश पाउनुका साथै सभामा सहभागी बन्न पाउनेछन् । 

सोही प्रयोजनका लागि कम्पनीको चौथो वार्षिक सभा मंसिर १४ गते स्मार्ट दरबार, शंखमूल पार्क, काठमाडौंमा बिहान ९ बजेदेखि बस्नेछ ।

सभामा कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ४.७५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.२५ गरी कुल ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव साधारणसभामा पेस गर्नेछ । 

सभाले गत आर्थिक वर्षको सञ्चालक समिति तथा लेखापरीक्षकको वार्षिक प्रतिवेदन, वासलात, नाफानोक्सान र सोही अवधिको नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणमाथि छलफल, चालू आवका लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक तोक्नेछ । 

त्यस्तै, बोनस शेयरपछि कम्पनीको पुँजी वृद्धि हुने हुँदा अधिकृत पुँजी, जारी पुँजी तथा चुक्ता पुँजी वृद्धि गर्ने विषयमा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र सो कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी दिनेलगायतका एजेन्डा पनि रहेका छन् । 

Advertisement

Advertisement