सेजको कार्यकारी निर्देशकका लागि ८ जना प्रतिस्पर्धामा, को–को भिड्दै छन् ?

Advertisement

काठमाडौं । विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज) को कार्यकारी निर्देशकका लागि ८ जनाले उमेदवारी दिएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सेजको रिक्त कार्यकारी निर्देशक पदमा आवेदन माग गरिएकोमा परेका योग्य उमेदवारहरुमध्येबाट ८ जनाको नाम सार्वजनिक गरेको हो ।

मन्त्रालयका अनुसार सेजको कार्यकारी निर्देशकका लागि भुपेन्द्रप्रसाद अर्याल, रामप्रसाद पौडेल, कृष्णसिंह बस्नेत, नवराज सापकोटा, छत्रबहादुर कटुवाल, राजेन्द्र श्रेष्ठ, रामचन्द्र ढकाल र संजय कुमारले दरखास्त दिएका छन् ।

Advertisement

आवेदकहरुको कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताबाट एक जनालाई सेजको कार्यकारी निर्देशक छनोट गरिने मन्त्रालयले जनाएको छ । मुख्य प्रतिस्पर्धीहहरुको कार्ययोजना प्रस्तुततीकरण र अन्तर्वार्ताका लागि छिटै समय तय हुने मन्त्रालयले जनाएको छ । 

Advertisement