बयालीस जिल्लाको ६३ स्थानमा सुपथ मूल्य पसलः कहाँ-कहाँ तोकियो बिक्री केन्द्र ?

Advertisement

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आजदेखि दसैंतिहार लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याउँदैछ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले दिउँसो १ बजे थापाथली बिक्री केन्द्रबाट सुपथ मूल्य पसल औपचारिक रुपमा उद्घाटन गर्नेछन् ।

थापाथली बिक्री केन्द्रबाट उद्घाटन हुने सुपथ मूल्य पसल क्रमशः देशभरका ४२ जिल्लाका ६३ स्थानमा सञ्चालन गरिने कम्पनीले जनाएको छ । ​दसैंतिहार तथा छठको समयमा दैनिक उपभोग्य वस्तुको माग आपूर्ति र गुणस्तरियताका साथै मूल्यमा सहुँलियत दिन कम्पनीले सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको हो । 

Advertisement

चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन गर्ने सन्दभर्मा गत भदौ २३ गते बसेको मन्त्रिपरिषद् स्तरिय बैठकले काठमाडौंका चार स्थानसहित देशैभरीबाट ६३ स्थानामा बिक्री केन्द्र स्थापना गरी सुपथ मूल्य पसल सञ्चालन गर्ने निर्णय गरेको थियो । यसका लागि सरकारले ३ करोड रुपियाँ सहुलियत छुट बजेट समेत विनियोजन गरेको छ । 

सुपथ मूल्य पसल सञ्चालन गरिने स्थानहरु
काठमाडौं उपत्यका  ४ स्थानहरु : थापाथली, रामशाहपथ, नख्खु र सूर्यविनायक 
उपत्यका बाहिर : ५९ स्थानहरुमा

अनलाईन अर्डर मार्फत होम डेलिभरी सेवा

खाद्य कम्पनीले ६३ स्थानमा रहने बिक्री केन्द्रको अलवा मोवाइल डेलिभरी सुविधा समेत प्रदान गर्ने योजना बनाएको छ । अनलाइन अडरमार्फत उपभोग्य वस्तुको डेलिभरी दिने कम्पनीले जनाएको छ । तर कम्पनीको आफ्नै भौतिक पूर्वाधारहरु, जनशक्ति, आर्थिक श्रोत साधनको सिमितताका कारण सम्पूर्ण जिल्ला तथा पालिकाहरुमा चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा सरकारको उपस्थिति देखाउनु चुनौतपूर्ण भएको जनाएको छ। तथापि यस कार्यक्रमलाई उद्धेश्य अनुरुप सफल रुपले सञ्चालन गर्नका लागि सम्वन्धित पालिकाहरुसँग आवश्यक समन्वय गरेर सुपथ मूल्य पसलको सेवा प्रवाह गरिने कम्पनीले जनाएको छ ।

-लक्षित खाद्यान्न विक्री परिमाणः ५०,००० क्वीन्टल        
 

विक्री गरिने खाद्य वस्तुहरु र छुटको विवरणः 

-विभिन्न प्रकारका चामल, विभिन्न प्रकारका दालमा प्रतिकेजी रु. ५ छुट                      
-विभिन्न प्रकारका तेल, गेडागुडी, पिठो, मैदा, चिउरा, चिनी, क्वाँटी – प्रति केजी/लिटर रु. ७ छुट
-कर्णालीको सिमी÷गेडागुडी, फापर दाना, चिनो, कागुनो, उवा जुम्ली मार्सी – प्रति केजी रु. ७ छुट
-जिउँदो खसीबोका च्याङ्ग्रा, डि.डि.सी. घ्यू– प्रति केजी रु. १० छुट

 

Advertisement