मनमोहन मेमोरियल इन्ष्टिच्युट दोश्रो पटक उत्कृष्ट क्याम्पस घोषित

Advertisement

काठमाडौं । निजी लगानीबाट संचालित ७५४ क्याम्पसहरु मध्ये त्रिभुवन विश्वबिद्यालयबाट सम्वन्धन प्राप्त मनमोहन मेमोरियल इन्ष्टिच्युट अफ् हेल्थ साइन्सेज् सोल्टीमोड काठमाडौंलाई राष्ट्रिय स्तरमा उत्कृष्ट घोषित भएको छ । 

राष्टिय शिक्षा दिवस २०८१ को अवसरमा शिक्षा बिज्ञान तथा प्रविधि मन्त्रालयले काठमाडौंमा  आयोजना गरेको कार्यक्रममा मनमोहन मेमोरियल इन्ष्टिच्युट अफ् हेल्थ साइन्सेज् विश्वविद्यालय अनुदान आयोगले गरेको मूल्याकनमा आधारमा राष्ट्रिय स्तरमा उत्कृष्ट घोषित भएको हो । 

Advertisement

प्रधानमनत्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यता तथा शिक्षा बिज्ञान तथा प्रविधि मन्त्री बिद्या भट्टराई, मन्त्रालयका सचिव डा. दिपक काफले, त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजंग वराल, अन्य विश्वविद्यालयका उपकुलपति, बिशिष्ट व्यक्तित्वहरु र मन्त्रालयका अन्य कर्मचारीहरुको उपस्थितिमा भएको उक्त कार्यक्रममा संस्थाका अध्यक्ष डा. बंशिधर मिश्रलाई नगद पुरस्कारसहित उत्कृष्ट क्याम्पसको प्रमाण पत्र प्रदान गगरिएको हो । 

सो अवसरमा क्याम्पसका तर्फबाट उपाध्यक्षहरु सह प्राध्यापक जीवनप्रकाश शर्मा, इ. गम्भीरलाल श्रेष्ठ, सचिव डा. रामकुमार अधिकारी, क्याम्पस प्रमुख डा. धर्मप्रसाद खनाल र प्रशासन प्रमुख सचितकुमार कुइकेलको उपस्थिति थियो । 

बि.सं. २०७५ सालमा पनि निजी लगानीबाट संचालित ७७७ संस्थाहरु क्याम्पसहरु मध्ये त्रिविबाट सम्वन्धन प्राप्त यस क्याम्पस राष्टि«य स्तरमा उत्कृष्ट घोषित भएको थियो । 

राष्टिय स्तरमा उत्कृष्ट क्याम्पस बनाउन महत्वपूर्ण योगदान पुराउने शिक्षक, कर्मचारी, बिधार्थी र अभिभावक, नेको संचालक समिति, क्याम्पस व्यवस्थापन समिति, देश बिदेशका शुभेक्छुक तथा अन्य सरोकारवालाहरुप्रति संस्थाले बधाई दिदै धन्यवाद ज्ञापन गरेको छ । 
 

Advertisement