सीइडीबी हाइड्रो र ओरियन्टल होटल्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Advertisement

काठमाडौँ । सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र ओरियन्टल होटल्सको लाभांश सुरक्षित गर्ने आज (असोज ६ गते) अन्तिम दिन हो ।

दुवै कम्पनीले साधारण सभा प्रयोजनको लागि भोलि (असोज ७ गते) बुक क्लोज गर्दैछन् । 

Advertisement

सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले अघिल्लो २ आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्ता पुँजीको ११ प्रतिशत (करबाहेक) का दरले बोनस शेयर वितरण गर्दैछ । उक्त बोनस शेयर वितरणपश्चात ५४।५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्नेछ ।  
सोही प्रस्ताव पारित गर्न कम्पनीले असोज २१ गते कालिमाटी ब्यांक्वेट कालिमाटी, काठमाडौंमा बिहान १० बजे साधारणसभा बोलाएको छ ।

त्यस्तै, ओरियन्टल होटल्सले ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२६३१ प्रतिशत नगद लाभांश वितरण वितरण गर्दैछ । 

उक्त लाभांश पारित गर्न कम्पनीले असोज २० गते नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जावलाखेल, ललितपुरमा बिहान ११ बजे बस्ने गरी वार्षिक साधारणसभा बोलाएको छ ।

Advertisement

Advertisement