त्रिभुवन विमानस्थलमा सुरु भएको मर्मत कार्य रोकेर पर्यटकीय सिजनमा उडान गर्न दिन आग्रह

Advertisement

काठमाडौं । नेपाल ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)ले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा सुरु भएको मर्मत कार्यलाई रोकेर पर्यटकीय सिजनमा नियमित उडान गर्न दिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेलाई आग्रह गरेको छ । 

आइतबार टानका वरिष्ठ उपाध्यक्षमा कर्मा शेर्पा, द्वितीय उपाध्यक्षमा सनम शेर्पाले मन्त्री पाण्डेलाई भेटेर सो विषयमा ध्यानाकर्षण गराएका हुन । उनीहरुले ट्रेकिङ कम्पनीहरुमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउन र टिम्ससम्बन्धी समस्या समाधान गर्न पनि आग्रह गरे । 

Advertisement

त्रिभुवन विमानस्थलमा सुरु भएको मर्मत कार्यलाई आउँदो महिनासम्म रोकेर पर्यटकीय सिजनमा नियमित उडान गर्न आफूहरुले आग्रह गरेको शेर्पाद्धयले बताएका छन् । पर्यटकीय सिजनमा नियमित उडान रोकेर मर्मत कार्य गर्दा त्यसले पर्यटन व्यवसायमा नकारात्मक असर पर्ने उनीहरुको भनाइ छ । 

टानले गत असार ३२ गते सोलुखुम्बुको ५ थामेमा गएको बाढीका कारण क्षतिग्रस्त संरचनाहरुको शीघ्र पुनर्निर्माण गर्न आग्रह गरेको छ । थामेका वासिन्दालाई सुरक्षित ठाउँमा बसोवासको प्रवन्ध मिलाउन उनीहरुले आग्रह गरेका थिए । टानले थामेको पुनर्निर्माणको लागि पाँच लाख रुपियाँ छुट्टाएका पनि जानकारी दिएको छ । शेर्पाद्धयले कोष स्थापना गरेर अन्य कम्पनीहरुबाट पनि सहयोग संकलन गरी पीडितलाई हस्तान्तरण गर्ने बताएका छन् । 

कर्मा शेर्पाले भने, ‘यसको लागि समिति बनाएका छौं । मेरो संयोजकत्वमा थामे पुनर्निर्माण समिति बनेको छ । बनाएका छौं । स–संयोजक टानका द्वितीय उपाध्यक्षमा सनम शेर्पा, सचिवमा रिञ्जी जाङबु शेर्पा तीन जनाले पर्यटनमन्त्रीलाई यस विषयमा ध्यानाकर्षण गरायौं ।’

ट्रेकिङ कम्पनीहरुको भ्याट र टिम्ससम्बन्धी समस्या समाधान गर्न पर्यटन विभागको महानिर्देशक र पर्यटन बोर्डको सीईओ, मन्त्रालयको सचिवहरुसँग सल्लाह गर्ने पर्यटन मन्त्रीले आश्वासन दिएको उनले बताए । 

नेपालका विभिन्न गन्तव्यमा पदयात्रा गर्ने विदेशी पर्यटकहरुले अनिवार्य रुपमा गाइड, भरिया लिएर जानुपर्ने नियम कठाइका साथ लागू गर्न पनि  मन्त्रीलाई आग्रह गरेको भन्दै शेर्पाले विदेशी पर्यटकहरु उच्च क्षेत्र हिमाली क्षेत्रमा एक्लै पदयात्रा गर्दा दुर्घटना हुर्ने, बेपत्ता हुने, त्यसले विश्व बजारमा नेपालको बारेमा नकारात्मक सन्देश जाने बताए । 

मन्त्री पाण्डेले चाँडै नै भूवैज्ञानिकको टिम थामेमा पठाउने बताए । प्रभावित वस्तीलाई सोही ठाउँमा पुनर्निर्माण गरी बसोबास गराउने वा अर्को ठाउँमा स्थानान्तरण गर्ने ? भूवैज्ञानिकको टिमले सरकारलाई सुझाव दिने बताउँदै पाण्डेले सोअनुसार सरकार अघि बढ्ने बताएक थिए । 

Advertisement

Advertisement