हेलिकप्टरबाट दृश्यावलोकन गर्न पर्यटकहरुको चासो बढ्दो, तर क्यानले उडान अनुमति दिएन

Advertisement

काठमाडौं । हेलिकप्टरबाट हिमाली क्षेत्रको दृश्यावलोकन गर्न पर्यटकहरुको चासो (इन्क्वायरी) बढे पनि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले भने हेकिप्टरहरुलाई उडान अनुमति दिन आनाकानी गरेको छ । 

विशेषगरी अन्नपूर्ण आधार शिविर, सगरमाथा आधार शिविरमा हेलिकप्टरबाट दृश्य अवलकन (साइट सिइङ) गर्न पर्यटकहरुले बढी रुची राख्ने गरेका छन् । उता प्राधिकरणले मनसुन नसक्किएको भन्दै असोज लाग्दासम्म हिमाली दृश्यावलोकन उडानका लागि अनुमति दिएको छैन् । 

Advertisement

हेलि दृश्य अवलकन गर्न विदेशी पर्यटकहरुले धेरै सोधपुछ आइरहेको हेलिकप्टर कम्पनीका सञ्चालकहरु बताउछन् । यही बेला युरोप, अमेरिका, चीनबाट हेलि दृश्यावलोकन गर्न धेरै सोधपुछ आइरहेको छ । 

यस बर्ष विगतमा भन्दा धेरै ं‘इन्क्वायरी’ आएको भन्दै हेलिकप्टर कम्पनीहरुले सगरमाथा आधार शिविरको ‘साइट सिन’ गर्न आएका पर्यटकहरुलाई उडान अनुमति हुँदा निराश बनाउनु परेको बताएका छन् । 

एक कम्पनीका अधिकारीले भने, ‘हामीले क्यानलाई मनसुनको बेलामा उडान अनुमतिका लागि बाध्य पार्न खोजेको होइनौं । तर, यो बेला पर्यटकहरु नेपालमा आएर हेलि दृश्यावलोकन गर्न चाहान्छन् । उनीहरुलाई नेपालले कसरी सहजीकरण गर्ने ? समस्या भएको छ । पर्यटकहरु निराश छन् ।’ 
 
प्राधिकरणले राम्रो मौसम भएको दिन मौसम विज्ञान विभागको रिर्पोट लिएर उडान अनुमति दिए राम्रो हुने हेलिकप्टर सञ्चालकहरुको भनाई छ । 

क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भने मनसुन कायम रहेकाले माउन्टेन र हेलि फ्लाइटको लागि अनुमति नदिएको बताए । अझै मनसुन नसकिएको भन्दै उनले मनसुनमा मौसम परिवर्तन भइराख्ने भएकाले जोखिमपूर्ण हुनसक्ने बताए । 

Advertisement

Advertisement