चीनले कडा शर्तसहित खुला गर्यो शिशपाङ्मा हिमालको आरोहण, आरोहीहरु प्रस्थान गर्दै

Advertisement

काठमाडौं । गतवर्ष असोज २० गते शिशपाङ्मा हिमालमा हिमपहिरोका कारण मानवीय क्षति भएपछि रोकिएकोमा यसवर्ष पुनः खुल्ला गरिएको छ । हिमपहिरो परि दुई जनाको मृत्यु र दुई बेपत्ता भएपछि आरोहणको लागि बन्द गरेको थियो । 

यस वर्ष चीनले कडा नियमका साथ उक्त हिमाल आरोहणको लागि खुल्ला गरेको छ । गतवर्ष हिमपहिरोपछि आरोहण रद्द गरेपछि धेरै आरोहीहरुको विश्वका आठ हजार मिटर अग्ला १४ वाटै हिमालहरु आरोहण गरी सक्ने सपना पूरा हुन् सकेको थिएन ।  
गतवर्ष पूरा हुन नसकेको सपना यस वर्ष पूरा गर्न नेपाली तथा विदेशीहरु आरोहीहरु चीनतर्फ प्रस्थान गर्न थालेका छन् भने कोही चीन पुगिसकेका छन् । चीन तर्फबाट चोयु र शिशापाङ हिमालको आरोहण गर्न धेरै आरोही लामो समयदेखि पखाईमा रहेका छन् । 

Advertisement

शिशपाङ्मा हिमाल आरोहण गर्न ७ हजार मिटर अग्लो हिमाल आरोहण गरेको प्रमाण–पत्र देखाउनुपर्ने चाइना–तिब्बत पर्वतारोहण संघले नियम ल्याएको क्लाइम्बलया टे«क एण्ड एक्स्पिडशन कम्पनीका अध्यक्ष मिङमा शेर्पाले बताए । 

त्यस्तै छ हजार मिटर अग्लो हिमाल आरोहण गर्न आरोहीले ५ हजार मिटर अग्लो हिमालको आरोहण गरेको हुनुपर्ने छ । ७ हजार मिटर अग्लो हिमालको आरोहण गर्न ६ हजार मिटर अग्लो हिमालको आरोहण गरेको हुनुपर्ने छ । ८ हजार मिटर  हिमाल आरोहण गर्न ७ हजार मिटर अग्लो हिमालको आरोहण गरेको हुनुपर्ने संघले नियम ल्याएको एक एक्स्पिडशन कम्पनीका अध्यक्षले जानकारी दिए । 

त्यस्तै, पर्वतारोहीले ७ हजार मिटर माथि अक्सिजनको प्रयोग गर्नुपर्ने बताएको छ । 

क्लाइम्बलया टे«क एण्ड एक्स्पिडशन कम्पनीका अध्यक्ष मिङमा शेर्पाका अनुसार तिब्बतमा रहेको शिशापाङ हिमाल आरोहणको लागि विभिन्न आरोहण कम्पनीबाट २१ जना क्लाइन्ट, २१ जना शेर्पा रहेका छन् । कोही चीनतर्फ प्रस्थान गरी सकेका छन् भने कोही प्रस्थान गर्ने तयारीमा रहेको शेर्पाले जानकारी दिए । 

विश्वको चौधौ अग्लो हिमाल शिशापाङ हिमालको सफल आरोहण गरेसँगै यस पटक विभिन्न देशका धेरै जना विदेशी तथा नेपाली आरोहीहरुले विश्वका आठ हजार मिटर अग्ला १४ वटै हिमालहरु आरोहण सम्पन्न गर्ने छन् । साथै विभिन्न कीर्तिमान कायम गर्ने छन् । 

शिशापाङको हिमपहिरोमा मृत्यु भएका अमेरिकी महिला आरोही अन्ना गुटु र उनको शेर्पा गाइड नेपालका मिङमार शेर्पाको शव नेपाल ल्याएर परिवारलाई यसअघि नै बुझाइए पनि अमेरिकी महिला आरोही जिना मारिया र उनका गाइड तेन्जेन लामा ९शेर्पा० भने आभैm बेपत्ता छन् । बेपत्ता गाइड तेन्जेन विश्व कीर्तिमानी पर्वतारोही पनि हुन् । उनले नर्वेकी क्रिस्टिन हरिलासँग ९२ दिनमा विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमाल छिटो आरोहण गरी कीर्तिमान बनाएका थिए । 

Advertisement

Advertisement