आइएमईको ‘आइएमई गरौँ, उद्यमी बनौँ’ योजना सार्वजनिक, प्रमिलाले जितिन रु. १ करोड

Advertisement

काठमाडौं । विदेशमा कमाएको रकम आइएमई गरेकी सेवाग्राही प्रमिला रोकायाले रु. एक करोड नगद जितेकी छन् । जापानको क्योदाइबाट रोकायाले आईएमईमार्फत रकम पठाएको कम्पनीले जनाएको छ । 

राजधानीमा सोमबार आयोजित कार्यक्रममा आइएमई ब्राण्ड एम्बेसडर दीपाश्री निरौलाले सार्वजनिक रूपमा गरिएको गोलाप्रथामार्फत भाग्यशाली बिजेताको नम्बर छनोट गरेकी हुन् । 

Advertisement

आइएमई लिमिटेडका अध्यक्ष हेमराज ढकालले रोकायलाई नगद उपहार प्रदान गरे । आइएमईले विदेशमा कमाएको रकम औपचारिक माध्यम–रेमिटेन्समार्फत रकम पठाउन थप प्रोत्साहन गर्ने उद्देश्यले गत वर्षको दशैं अगाडि सुरु गरेको ‘आइएमई गरौँ,करोडपति बनौँ’ योजनाअन्तर्गत आज विजेता छनोट भएको हो । 

आइएमई एक वर्षअघि विदेशमा कमाएको रकम औपचारिक माध्यम–आइएमई गरी रकम पठाउने सेवाग्राहीहरुमध्ये एक जनाले एक करोड रुपियाँ नगद जित्ने अफर सार्वजनिक गरेको थियो । सँगै प्रत्येक महिना एक जनाले १ लाख नगद रुपियाँ प्राप्त गरेको कम्पनीले जनाएको छ ।  

आइएमई गरी आइएमई पे वालेट, बैङ्क खातामा जम्मा गर्ने तथा आइएमई काउन्टरमा रकम पठाउने सेवाग्राहीहरु यो योजनामा सहभागी भएको जनाउँदै आईएमईले वैदेशिक रोजगारमा रहेका श्रमिक तथा विदेशमा स्वरोजगारमा रहेका सेवाग्राहीलाई औपचारिक माध्यमबाट रकम पठाउन यो योजनाले उत्प्रेरकको रूपमा आफूहरुले यो अफर ल्याएको बताएको छ । 

आजै आइएमईले विदेशमा कमाएको रकम औपचारिक माध्यममार्फत रकम पठाउन र रेमिटमार्फत प्राप्त रकम उद्यमशीलता लगाउन प्रोत्साहन गर्ने उद्देश्यले ‘आइएमई गरौँ, उद्यमी बनौँ’ योजना पनि सार्वजनिक गरेको छ । 

यो योजनामा आइएमई गरी रकम पठाउने सेवाग्राहीहरुको ‍३ जनाले उद्यमशील बन्न सहयोग पुग्ने गरी दोस्त पिकअप ट्रक जित्ने छन् । सँगै पहिलो तीन महिना असोज सात गतेदेखि मंसिर मसान्तसम्म प्रत्येक दिन, प्रत्येक हप्ता र प्रत्येक महिना एक–एक जनाले आकर्षक उपहार जित्नेछन् । 

सँगै हरेक तीन–तीन महिनामा बम्पर उपहारसमेत  जित्न सक्नेछन् । यसै गरी दसैँ, तिहार तथा छठ पर्व लक्षित यो योजनाअन्तर्गत सेवाग्राहीले थप आकर्षक उपहार प्राप्त गर्ने छन् । 

दैनिक पुरस्कारमा आईएमईको अफर आफ्नो सामाजिक सञ्जालमा प्रवर्द्धन गर्ने एक जना विजेताले अल्टिमाको इअर वड प्राप्त गर्ने छन् भने हरेक हप्ता एक जना विजेताले डिएच आई होम अप्लाइन्सेसका  घरायसी प्रयोगका सामानहरू टिभी, रेफ्रिजेरेटर, अथवा वासिङ मेसिन प्राप्त गर्नेछन् । यस योजनामा १२ जना विजेता हुने जनाइएको छ ।

मासिक योजनामा एक जना विजेताले प्रत्येक महिना आइफोन सिक्सटिन प्राप्त गर्नेछन् । यसमा तीन जना विजेता हुनेछन् भने बम्पर पुरस्कारमा  विजेताले दोस्त पिक अप ट्रक प्राप्त गर्ने छन् । 

असोजदेखि साउन महिनासम्म लागू हुने यस योजनामा तीन जना विजेताले बम्पर पुरस्कार प्राप्त गर्ने छन् । दुई दशकभन्दा लामो इतिहास बोकेको आईएमईले देशभर रहेका २२५ आइएमई सेन्टरसहित करिब १२ हजार सब एजेन्ट र बैङ्क तथा वित्तीय संस्थाका शाखामार्फत विदेशमा कार्यरत नेपालीहरूले कमाएको रकम स्वदेशमा रहेका आफन्तको हातमा पुर्याउने काम गर्दै आएको छ । 

Advertisement

Advertisement