कुमारी बैंक भिजा इन्टरनेशनद्वारा दुई विधामा सम्मानित

Advertisement

काठमाडौं । भिजा इन्टरनेशनलद्वारा ‘लिडरसिप कन्क्लेभ नेपाल–२०२४ कार्यक्रम गत शुक्रबार सम्पन्न भएको छ । 

सो लिडर्स कन्क्लेभमा भिजा कन्क्लेभ सम्मेलनमा भिजा इन्टरनेशनलद्वारा कुमारी बैंक लिमिटेडलाई ‘एक्सिलेन्स इन कन्जुमर क्रेडिट कार्डस् बिजनेश र एक्सिलेन्स इन क्रस बोर्डर बिजनेश अवार्डबाट सम्मानित गरिएको हो । 

Advertisement

स्थापनाकाल देखि नै बैंकिङ्ग सेवा सुविधामा आधुनिक डिजिटल प्रणालीलाई आत्मसाथ गर्दै अघि बढेको र आगामी दिनहरुमा पनि आफ्ना सेवाहरुको प्रभावकारिता तथा पहुँच वृद्धिका निमित्त आफ्नो डिजिटल सामथ्र्य सुदृढीकरणमा दत्तचित्त भएर अघि बढ्ने प्रतिबद्धता बैंकले जनाएको छ ।

बैंकले देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१८ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखारहित बैंकिङ्ग ईकाईहरुमार्फत सेवा प्रदान गर्दै आएको जनाएको छ । 


 

Advertisement

Advertisement