वामपन्थी नेता अनुरा कुमारा दिसानायके  श्रीलंकाको राष्ट्रपतिमा निर्वाचित

Advertisement

काठमाडौं । वामपन्थी नेता अनुरा कुमारा दिसानायके  श्रीलंकाको राष्ट्रपतिमा निर्वाचित भएका छन् । 

श्रीलंकाको निर्वाचन आयोगले आइतबार साँझ उनी राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरेको छ ।

Advertisement

श्रीलंकाको इतिहासमा पहिलो पटक राष्ट्रपति निर्वाचनमा दोस्रो पटकको मतगणना गरिएको थियो ।

Advertisement

Advertisement