ग्लोबल रिचद्धारा आयोजित इन्टर स्कुल ए–लेभल/आईबीडीपी फुटसल टुर्नामेन्टको उपाधि युलेन्सलाई

Advertisement

काठमाडौं । ग्लोबल रिच नेपालद्धारा शनिबार आयोजित ‘इन्टर स्कुल ए–लेभल/आईबीडीपी फुटसल टुर्नामेन्ट (हड्डल २०२४)को उपाधि यस बर्ष युलेन्स स्कुलले जितेको छ । अरु १५ प्रतिस्पर्धी टिमलाई हराउँदै युलेन्सले उपाधि हात पारेको हो । 

ग्लोबल रिचले आयोजना गरेको फुटसलको यो छैटौं संस्करण हो । विद्यार्थीहरुलाई खेलतर्फ आकर्षित गर्ने र उनीहरुलाई आफ्नो कौशल प्रदर्शन गर्ने मौका प्रदान गर्न सो संस्थाले यो प्रतियोगिता आयोजना गर्दै आएको छ । बालुवाटारस्थित ढुकु फुटसल हबमा आयोजित टुर्नामेन्टमा रनरअप जेम्स इन्ष्टिच्युट, धापाखेल भएको छ । युलेन्सले १–० गोलअन्तरले जेम्सलाई हराउँदै युलेन्स च्याम्पियन भएको हो ।

Advertisement

फेयर प्लेमा सेन्ट जेभियर्स कलेज रहेको प्रतियोगितामा युलेन्सका रजत श्रेष्ठले उच्च अंक प्राप्त गर्नुका साथै बेष्ट प्लेयरको अवार्ड समेत पाएका छन् । सोही स्कुलका विदोग श्रेष्ठ बेष्ट गोलकिपर भएका छन् । साथै, जेम्स इन्ष्टिच्युट अफ हाइयर एजुकेसनका सौरभ महर्जन बेष्ट कोच घोषित भएका छन् । 

ग्लोबल रिच नेपाल पूरानो र प्रतिष्ठित शैक्षिक परामर्श सेवा प्रदायक संस्था हो । यो संस्थाले विदेशमा अध्ययन गर्न जाने विद्यार्थीहरुलाई विगत ३३ बर्षदेखि निःशुल्क परामर्श सेवा प्रदान गर्दै आएको छ । सो संस्थाका प्रमुख नारायण बजाजले यस्ता प्रतियोगिताले विद्यार्थीहरुले कौशलता प्रस्तुत गर्ने मौका पाउनुका साथै उनीहरुको मनोबल पनि बढ्ने बताए ।

यस प्रतियोगितामा युलेन्स र जेम्सबाहेक एस इन्ष्टिच्युट, बुढानीलकण्ठ स्कुल, क्याम्पियन एकाडेमी, चेल्सिया इन्टरनेसनल एकाडेमी, ग्लोबल कलेज इन्टरनेसनल, काठमाडौं वर्ल्ड स्कुल, लिटिल एन्जलस स्कुल, मिल्स बेरी, नामी कलेज, ओरियन्ट कलेज, प्रिमियर कलेज रातो बंगला स्कुल, सेन्ट जेभियर्स स्कुल र ब्रिटिस मोडल स्कुलको टिमहरु सहभागी थिए । 

undefined

Advertisement

Advertisement