ज्यो. गुरु दिवाकर पन्त
आज वि.सं.२०८१ साल असोज महिनाको ७ गते सोमबार, आश्विन कृष्णपक्षको षष्ठी तिथि । आज सोह्रश्राद्ध अर्थात पितृपक्ष अन्तर्गत षष्ठी श्राद्ध रहेको छ ।
मेष
आर्थिक पक्ष सन्तुलित रहने छ । पेशागत जीवनमा उन्नति प्रगति हुने छ । ठुला बडा मानिसहरुले विश्वास गर्ने हुँदा इज्यत बढ्न पुग्ने छ । खर्च केही बढ्न जाँदा बचतको अवस्था भने न्युन हुने छ । मनमा उत्साह र उमङ्गको भने कमि हुने छ । परिवारमा किचलो कायम रहने छ । शेयर बजारबाट फाइदा मिल्ने छ ।
वृष
पेशागत क्षेत्रमा उन्नति प्रगति हुने छ । ब्यापार बिजनेशमा पनि लाभ प्राप्त हुने छ । आर्थिक पक्ष सवल हुने हुँदा यसले आत्मविश्वास बढाउने छ । परिवारमा तनावपूर्ण अवस्था विद्यमान रहने छ । स्वास्थ्य समस्याका कारण उर्जाकोे अभाव हुने छ । शेयर बजारबाट फाइदा मिल्ने छैन् ।
मिथुन
व्यवस्थापकीय क्षमतामा अभिबृद्धि हुने छ । पेशागत जीवन शुभ रहने छ । अघि बढाएका कामहरुबाट लाभ मिल्ने छ । कमाईमा पनि बृद्धि हुने छ । तर दुव्र्यसनका क्षेत्रहरुमा लाग्ने जोखिम देखिएकाले सतर्क रहनु होला । दाम्पत्य जीवनमा कटुता आउने छ । शेयर बजार अनुकुल बन्न सक्ने छैन् ।
कर्कट
राम्रो गर्न खोज्दाखोज्दै पनि अरुले सोअनुरुप ग्रहण गर्ने छैनन् । समय अलि चुनौतिपूर्ण चलिरहेकाले धैर्यतासाथ अघि बढ्नु होला । पेशागत जीवनमा कठिनाईहरुको सामना गर्नु पर्ने छ । स्वास्थ्यमा समस्या आउने छ । आर्थिक सन्तुलनमा गडबढि पैदा हुँदा दबाब सृजना हुने छ । शेयर बजार मध्यम खालको बन्ने छ ।
सिंह
मनोबल कमजोर हुने हुँदा स–साना विषयमा पनि मनमा डर लाग्ने छ । परिवारमा शान्तिपूर्ण वातावरण बन्न सक्ने छैन् । पेशागत जीवनमा आरोपको अवस्था खेप्नु पर्ने छ । कमाईमा पनि भारी गिरावट देखिँदा आर्थिक दबाब सृजना हुने छ । दाम्पत्य जीवनमा मतभेदहरु देखिने छ । शेयर बजार मध्यम अवस्थाबाट गुज्रने छ ।
कन्या
आँटिलो स्वाभाव हुने भएकाले जोखिमले भरिएका विषयमा निर्णयहरु गर्न मन लाग्ने छ । पेशागत जीवनमा आफु भन्दा माथिका बोसहरुसँग झैझगडा र मतभेद उत्पन्न हुने छ । आर्थिक पक्ष भने सवल नै रहने छ । खर्चको मात्राहरु पनि बढेन जाने छ । बोली कडा हुने हुँदा ध्यान दिनु होला । शेयर बजारबाट आशातित फाइदा मिल्ने छैन् ।
तुला
पेशागत जीवन सहज बन्ने छ । पदोन्नति हुने वा थप जिम्मेबारी मिल्ने छ । सृजनशिल स्वाभाव हुने हुँदा कल्पनात्मक सृजनशिलतामा मन केन्द्रीत हुने छ । सामाजिक जीवनमा पुरस्कार तथा कदरहरु प्राप्त हुने छ । आर्थिक रुपमा पनि सहज अवस्था रहने छ । परिवारमा मिलन तथा शान्तिपूर्ण तावरण रहने छ । चिसोजन्य स्वास्थ्य समस्याले भने सताउने छ । शेयर बजारमा गुमाउनु पर्ने छ ।
वृश्चिक
रमाईलो स्वाभावको व्यक्तित्व हुने हुँदा अरुको मन जित्न सकिने छ । पेशागत जीवनबाट आम्दानीमा बृद्धि हुने छ । वाहन सुख मिल्ने छ । मनोरञ्जनात्मक कार्यमा धेरै खर्च हुने छ । साथिभाइको विश्वास आर्जन हुने छ । बोली प्रभावकारी रहने हुँदा अरुको मन जित्न सकिने छ । शेयर बजारबाट फाइदा मिल्ने छ ।
धनु
आँटेका कामहरुमा मेहनत धेरै तर त्यसको नतिजा ढिला गरि थोरै मात्र आउने छ । पेशागत जीवन धेरै सहज बन्ने छैन् । तसर्थ सन्तुलित भएर चल्ने प्रयास गर्नु नै उत्तम हुने छ । भोगविलासका विषयहरु तर्फ मन तानिने छ । खराव मानिसहरुको संगत त्याग्नेतर्फ विचार गरेमा उत्तम हुने छ । अध्ययन अध्यापनमा पटक्कै रुचि जाने छैन् । शेयर बजार औसत खालको रहने छ ।
मकर
आरोप प्रत्यारोपको वातावरण रहने हुँदा बादबिबादबाट परै बस्ने कोशिस गर्नु नै उत्तम हुने छ । पेशागत जीवनमा सन्तुलन बिग्रन जाने छ । आर्थिक अवस्था भने सन्तुलित नै रहने छ । परिवारमा तनावपूर्ण वातावरण रहने हुनाले मानसिक अशान्ति आउने छ । निन्द्रामा समस्या देखिने र मनमा तनाव छाइरहने छ । शेयर क्षेत्रबाट लाभ मिल्ने छैन् ।
कुम्भ
मनमा निराशा र वैचैनीको अवस्था विद्यमान रहँदा उत्साहको कमि हुने छ । पेशागत जीवन द्वन्दबाट अघि बढ्ने भएकाले कम बोल्ने र कम बिबादमा सामेल हुने गरेमा ठिक हुने छ । आर्थिक रुपमा कठिनाईहरुबाट गुज्रनु पर्ने छ । भविष्य प्रतिको चिन्ता अस्वाभाविक रुपमा देखा पर्दा डर र भयले सताउने छ । जीवनसाथिको साथले ठुलो राहत मिल्ने छ । शेयर क्षेत्रबाट भने फाइदा मिल्ने छ ।
मीन
पेशागत जीवनमा केही सुधार आउने छ । आर्थिक चुनौतिहरुमा आफन्तहरुको साथ हुने छ । जीतमा पनि हारमा पनि एकै खालको स्वाभाव हुने छ । मनमा आँट र भरोषा कायम रहँदा स–साना असफलताहरुले धेरै नकारात्मक प्रभाव पार्ने छैनन् । सामाजिक क्षेत्रबाट सहि मुल्यांकन नहुँदा चित्त दुख्ने छ । शेयर क्षेत्रबाट फाइदा मिल्ने छ ।
(गुरु पन्तः ज्योतिषी, पण्डित, आध्यात्मिक उत्प्रेरक, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् सम्पर्क– ९८४१५२७५१०)