इन्फिनिटी लुघवित्तको ३८ हजार कित्ता शेयर सर्वसाधारणले किन्न पाउने

Advertisement

काठमाडौं । इन्फिनिटी लुघवित्त वित्तीय संस्थाले सर्वसाधारणले किन्न पाउने गरी संस्थापक शेयर बिक्रीमा ल्याएको छ । 

संस्थाले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको ३७ हजार ८८७ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।

Advertisement

यसअघि संस्थाले विद्यमान शेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा ल्याए पनि शेयर बिक्री नभएपछि सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो । 

यो शेयर संस्थापक शेयरधनी तथा जोकोही सर्वसाधारणले किन्न पाउनेछन् । 

इच्छुक खरिदकर्ताले १५ दिनभित्र संस्थाको केन्द्रीय कार्यालय गैंडाकोट नवलपरासीमा आइपुग्ने गरी आवेदन दिनुपर्नेछ । 

शेयरको मूल्य भने प्रचलित नियमानुसार हुने संस्थाले जनाएको छ । 

Advertisement

Advertisement