इन्फिनिटी लुघवित्तको ३० हजार कित्ता संस्थापक शेयर बिक्रीमा

Advertisement

काठमाडौं । इन्फिनिटी लुघवित्त वित्तीय संस्थाले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । 

संस्थाले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको ३० हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।

Advertisement

यो शेयरमा हाललाई संस्थाका कायम शेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् । 

इच्छुक संस्थापक शेयरधनीले आवश्यक कागजातसहित ३५ दिनभित्र आफूले खरिद गर्ने शेयर कित्ताको व्यहोरा खुलाई संस्थाको केन्द्रीय कार्यालय गैंडाकोट नवलपरासीमा आवेदन दिनुपर्नेछ । 

३५ दिनभित्र शेयर खरिदका लागि आवेदन नपरेमा उक्त शेयर अन्य व्यक्ति वा संस्थालाई बेच्ने प्रक्रिया अघि बढाइने संस्थाले जनाएको छ । 
 

Advertisement

Advertisement