आजसम्म एभरेष्ट बैंकको शेयरधनी बन्नेले लाभांश पाउने

Advertisement

काठमाडौं । एभरेष्ट बैंकको लाभांश सुनिश्चित गर्ने आज (असोज ७ गते) अन्तिम दिन हो । 

बैंकले साधारणसभा तथा लाभांश प्रयोजनार्थ साधारणसभा डाकेको छ । सभा प्रयोजनका लागि मंगलबार (भोलि, असोज ८) गते बुक क्लोज गर्दैछ । 

Advertisement

सभा, असोज २० गते आम्रपाली ब्यांक्वेट, भाटभटेनी, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ । 

अतः आजसम्म नेप्सेमा कायम शेयरधनी मात्रै प्रस्तावित लाभांश पाउन र सभामा सहभागी बन्न पाउनेछन् । 

सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर र कर प्रयोजनार्थसहित ५.५३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, सभाले बोनस शेयर जारीपश्चात्र पुँजी वृद्धि हुने भएकोले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।
 

Advertisement

Advertisement