दुई संसदीय समितिको बैठक बस्दै

Advertisement

काठमाडौं । संघीय संसद्अन्तर्गत आज दुई संसदीय समितिको बैठक बस्दै छ । 

महिला तथा सामाजिक मामिला र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्न लागेको हो । 

Advertisement

बिहान ११ बजे बस्न लागेको बैठकमा राज्यको मूल प्रवाहमा आउन नसकेका समुदाय तथा जातजातिको जनसंख्याको अवस्था सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ । 

त्यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि सैद्धान्तिक छलफल हुनेछ । 

बैठक बिहान ११ बजे नै बस्नेछ । 

Advertisement

Advertisement