छ विकास बैंक र पाँच फाइनान्स कम्पनी घाटामा, कुनको नोक्सानी कति ?

Advertisement

काठमाडौं । चालु आर्थिक बर्ष २०८१–८२ को पहिलो महिना साउनमा छ विकास बैंक र पाँच वित्त कम्पनी घाटामा देखिएका छन् । 

अहिले नेपालमा १७–१७ वटा विकास बैंक र वित्त कम्पनी छन् । त्यसमध्ये साउनमा छ विकास बैंक र पाँच वित्त कम्पनी घाटामा देखिएका हुन । 

Advertisement

नेपाल राष्ट्र बैंकबाट प्राप्त तथ्यांकअनुसार विकास बैंकतर्फ एक्सेल डेभलपमेन्ट बैंक सबैभन्दा धेरै नोक्सानीमा देखिएको छ । साउनमा उक्त बैंक छ करोड ३७ लाख रुपियाँले नोक्सानीमा छ । 

समीक्षा महिनामा नारायणी विकास बैंक ५१ लाख रुपियाँ, कर्णाली विकास बैंक ४८ लाख रुपियाँ, मितेरी विकास बैंक २२ लाख रुपियाँ र सप्तकोशी विकास बैंक ५४ लाख रुपियाँ र ग्रिन डेभलपमेन्ट बैंक ८६ लाख रुपियाँले नोक्सानीमा देखिएका छन । 

यस्तै, विकास बैंकतर्फ नाफा कमाउनेमा साइन रेसुंगा पहिलो स्थानमा छ । उक्त बैंकले समीक्षा महिनामा २० करोड २० लाख रुपियाँ नाफा कमाएको छ । दोस्रो स्थानमा मुक्तिनाथ विकास बैंक छ । उक्त बैंकले समीक्षा महिनामा १६ करोड ९६ लाख रुपियाँ नाफा कमाएको छ । 

तेस्रो स्थानमा रहेको महालक्ष्मी विकास बैंकले १० करोड ५७ लाख रुपियाँ नाफा कमाएको तथ्यांकमा उल्लेख छ । समीक्षा महिनामा गरिमा विकासले नौ करोड ४६ लाख रुपियाँ, कामना सेवा विकासले आठ करोड ५८ लाख रुपियाँ, ज्योति विकासले आठ करोड ३७ लाख रुपियाँ, सांग्रिला विकास बैंकले छ करोड ८१ लाख रुपियाँ, लुम्बिनी विकासले तीन करोड ६३ लाख रुपियाँ, सिन्धु विकास बैंकले ३१ लाख रुपियाँ, साल्पाले २९ लाख रुपियाँ र कर्पोरेट डेभलमेन्ट बैंकले १६ लाख रुपियाँ नाफा कमाएका छन् ।

यस्तै, वित्त कम्पनीतर्फ समृद्धि फाइनान्स मात्रै आठ करोड ६९ लाख रुपियाँले नोक्सानीमा देखिएको छ । यस्तै, पोखरा फाइनान्स २६ लाख रुपियाँ, बेस्ट फाइनान्स ११ लाख रुपियाँ, एनएसएमएल फाइनान्स आठ लाख रुपियाँ र सि मर्चेन्ट पनि आठ लाख रुपियाँले नै नोक्सानीमा छन् । 

नाफा कमाउनेमा प्रोगेसिभ फाइनान्स पहिलो स्थानमा छ । समीक्षा अवधीमा उक्त कम्पनीले आठ करोड ८३ लाख रुपियाँ नाफा कमाएको छ । 

यस्तै, आईसीएफसीले दुई करोड ८५ लाख रुपियाँ, गहुेश्वरी मर्चेन्टले दुई करोड ५९ लाख रुपियाँ, सेन्ट्रल फाइनान्सले एक करोड ७१ लाख रुपियाँ, मन्जुश्री फाइनान्सले एक करोड ४५ लाख रुपियाँ, गुडविल फाइनान्सले एक करोड ३० लाख रुपियाँ, रिलायन्स फाइनान्सले एक करोड २८ लाख रुपियाँ र जानकी फाइनान्सले एक करोड सात लाख रुपियाँ नाफा कमाएका छन् । 

यस्तै, गोर्खा फाइनान्सले ९८ लाख रुपियाँ, श्री फाइनान्सले ६९ लाख रुपियाँ र नेपाल फाइनान्सले १५ लाख रुपियाँ नाफा कमाएको तथ्यांकमा उल्लेख छ ।

Advertisement

Advertisement