नेपालमा लगानीको वातारण बनेको छ, ढुक्कसँग लगानी गर्नुस्: अध्यक्ष ढकाल

Advertisement

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको वातावरण बनेकाले लगानीकर्तालाई लगानी गर्न आग्रह गरेका छन् ।

मंगलबार थाइल्याण्डको बैंककमा आयाजित व्यवसाय र मानव अधिकार बिषयक छलफल कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले लगानीको वातावरण निरन्तर सुधार भइरहेका लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गर्नुभयो । साथै, उनले नेपालले हालै लगानी सम्बन्धी आठ वटा कानुनहरू परिमार्जन गरेको र लगानी वातावरण सुधार गर्न द्विपक्षीय लगानी सम्झौता ढाँचा अनुमोदन भएको समेत जानकारी दिएका थिए । 

Advertisement

त्यस्तै, अध्यक्ष ढकालले स्वदेशी एवं विदेशी लगानी बढ्दै जाँदा रोजगारी बढ़ने र श्रमिक सुरक्षा पनि प्रत्याभूति हुने बताएका छन् ।  उत्पादन र उत्पादकत्वमा हुँदै जाने वृद्धिले लगानीकर्ता र श्रमिकको हक सुरक्षण गर्ने वातावरण निर्माण हुने बताए । 

यसैगरी, साना तथा मझौला उद्यमीलाई फस्टाउने अवसर प्रदान नगरि सबै क्षेत्र अगाडि बढन नसक्ने उल्लेख गर्दै साना उद्यमीको अधिकारको बिषयमा पनि सरकार र बिकास साझेदारले ध्यान दिनुपर्नेमा उनको जोड थियो । 

अनौपचारिक क्षेत्र र त्यहाँ कार्यरत श्रमिकको औपचारिकीकरणका लागि पनि सबै क्षेत्र मिलेर काम गर्नुपर्ने बताउँदै अध्यक्ष ढकालले औपचारिकीकरणका लागि रणनीति बनिरहेको जानकारी गराउँदै दिगो आर्थिक बिकासका लागि सबैले पहल गर्नुपर्ने बताए । 

अध्यक्ष ढकालले मानव अधिकारका विषयमा महासंघ संवेदनशील रहेको र जिम्मेवार व्यावसायिक अभ्यासलाई प्रोत्साहित गरेर लगानी आकर्षित गर्न इच्छुक रहेको पनि बताए । 


  

Advertisement

Advertisement